बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कालीकोटमा भारी हिमपात, जनजीवन प्रभावित

शुक्रबार, १४ माघ २०७३, १५ : ०२
शुक्रबार, १४ माघ २०७३

कालीकोट - कालीकोट जिल्लामा वर्षासँगै भएको हिमपातले जनजीवन प्रभावित भएको छ ।

आज बिहानबाट आएको वर्षासँगै हिमपातले जिल्लाका माथिल्लो क्षेत्र धोलागोह, खिन, फोइमहादेव, ओदानकु, रुप्सा, जुविथा, चिल्खाया, छाप्रे,पाङ्खा र सदरमुकाम मान्मालगायतका गाविसमा भारी हिमपात भएपछि जनजीवन प्रभावित भएका छन् ।

बिहानैदेखि कालीकोट जिल्लालगायत कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा भारी हिमपात भइरहेको छ ।

हिमपातसँगै आएको वर्षाले कृषकमा खुसी ल्याएको छ । स्थानीय कृषकले लगाएको गहुँ तथा जौ बालीलाई बर्षाले राम्रो गर्ने हुँदा कृषकलाई राहत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप