बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खानाबार : नेपालीले शुरु गरेको जर्मन बेकरी

शुक्रबार, १४ माघ २०७३, १५ : ३९
शुक्रबार, १४ माघ २०७३

काठमाडौँ – जावलाखेलको चोकैमा रहेको जर्मन बेकरीको बोर्डलाई देख्दा जो कोहीलाई पक्कै पनि यो बेकरी कुनै पनि जर्मनीका नागरिकले खोलेका हुन् भन्ने अनुमान गर्छन् । तर, यस बेकरीका सञ्चालक नेपाली नागरिक शेखर थापा हुन् । जर्मन बेकरीको आफ्नै इतिहास छ । सन् १९८४ मा नै जावलाखेल चोकमा शुरु गरिएको यसको स्थापनाबारे एउटा रोचक कथा पनि छ ।

सञ्चालक थापा भन्छन् यसरी सुनाउँछन्, ‘त्यतिखेर म २०÷२२ वर्षको थिएँ, भर्खरै एस.एल.सी सकाएको थिएँ ।

त्यसपछि ओम बहालको फ्रेन्डली होममा गाइड भएर काम गर्न थालेँ । त्यही सिलसिलामा मेरो भेट एउटा हल्याण्डका एक नागरिकसँग भयो । उनी यहाँ ६ महिनाका लागि नेपाली भाषा सिक्न आएका थिए ।’

यहाँबाट फर्किएको १ वर्ष पछि उनी अनुसन्धानका लागि नेपाल आए र थापालाई पनि साथै लिएर गए ।

काठमाडौँ फर्केपछि उनले थापालाई ट्रिट दिन ठमेलको पम्परनिकल बेकरीमा लगे जसका सञ्चालक क्लाउस गोडजेड (उडी) थिए । उनकै बेकरीमा थापाले पहिलोपटक युरोपियन बेकरी पनि चाखे ।

उडी एक घुमन्ते थिए, उनलाई बेकरी सम्बन्धी पनि राम्रो ज्ञान थियो । नेपालमा हिमाली भागमा टे«क जाने पर्यटकहरुले त्यति बेला साह्रै दुःख पाउँथे । माथि लेकमा केही पाइँदैन थियो । रुखमा फलेका स्याउ र आरुबोखडा त्यतिकै खसेका हुन्छन् तर तिनको कहिल्यै सदुपयोग भएन ।

होटलहरुमा पनि बिहान बेलुका जहिले आलु उसिनेर दिन्थे । उडीले भनेको कुरा सुनाउँदै थापाले भने, ‘नेपालमा जस्तो राम्रो गुणस्तरको खाद्य सामाग्री अरु देशमा पाइँदैन । तर यहाँका मानिसहरुले त्यसको प्रयोग गर्देनन् ।’

उडीले नेपालमा जर्मनी प्रोजेक्टबाट बेकरीको भट्टी बनाए र शेखर थापा सहित अन्य १० जनालाई तालिम पनि दिए । थापा त्यस तालिम समूहका म्यानेजर थिए । त्यसपछि लुक्ला, जोमसोम, पोखरामा ब्राउन बे्रड, एप्पल पाई, प्लम पाईहरु बनाउने तालिम दिए । यिनीहरुको पूरै समुहले ट्रेकिङ जाने पर्यटकहरुको लागि बेकरी बनाउँथे ।

तर, वि.सं २०४६ सालको नाकाबन्दीबाट जर्मन बेकरी सबैभन्दा प्रभावित भयो, एक किलो मैदाको १९०० रुपँैयासम्म पर्ने आयो । त्यसपछि उडीले सम्पूर्ण कार्यभार शेखर थापालाई छाडेर गए ।

उडीले छाडेपछि ४० हजार लगानी गरी उनले ललितपुरको जावलाखेलमा जर्मन बेकरी खोले । उनले पहिले सम्पूर्ण बेकरीहरु दाउराको भट्टीमा बनाउँथे, करिब १० वर्षसम्म पनि त्यसरी नै बनाए । अहिले ग्याँस ओभन हुँदै अहिले इलेक्टी«क ओभनमा बनाउँछन् ।

जर्मन बेकरी क्रोसीयन, पम्परनिकल ब्रेड, क्रिस स्टोलन, आलमोन्ड ट्रान्गल र लेमन केक का लागि चर्चित छ ।

जर्मन बेकरी बिहान ६ बजे देखि साँझ ८ बजेसम्म खुल्छ । यसको अर्को शाखा गोल्फुटारमा पनि रहेको छ ।

यहाँ जम्मा २० जना कर्मचारीले रोजगारी पाएका छन् । जर्मन बेकरीका सबै बेकरीहरु स्वदेशी खाद्य सामाग्रीहरु प्रयोग गरी बनाइन्छ र स्वास्थ्यको हिसाबमा पनि निकै राम्रो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप