बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संविधान संशोधन र निर्वाचनबारे प्याकेजमा सहमति आवश्यक– अध्यक्ष गच्छदार

शुक्रबार, १४ माघ २०७३, १५ : २०
शुक्रबार, १४ माघ २०७३

विराटनगर - मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि निर्वाचन आवश्यक रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने – “निर्धारित समयभित्रै तिन वटै तहको निर्वाचन गर्न सक्नुपर्दछ ।”

अध्यक्ष गच्छदारले स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदन अझैसम्म टुङ्गो नलागेको र समय पनि कम रहेकाले गाउँपालिका र नगरपालिकाको निर्वाचन पुरानै संरचनामा गर्दा सबै दलबीच सहमति हुने विश्वास व्यक्त गरे ।

केही दिनभित्रै निर्वाचनको तिथि तोक्ने सम्भावना रहेको प्रशङ्ग उल्लेख गर्दै उनले परिमार्जनसहित संविधान संशोधन र निर्वाचनको सम्बन्धमा मुख्य दलबीच प्याकेजमै सहमति हुनुपर्नेमा जोड दिए।

अध्यक्ष गच्छदारले निर्वाचनलगायतका विषयमा प्रधानमन्त्रीले प्रयास गरिरहेको भए पनि ठोस सहमति हुननसकेको उल्लेख गर्दै विशेषगरी यसमा मुख्य दल नै कारकको रुपमा देखिएको आरोप लगाए ।

ठूला दलले दूरदर्शीतापूर्ण सोच बनाउन नसकेकाले अहिले मुलुक अप्ठेरो अवस्थामा आइपुगेको बताए ।

राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहको जनप्रतिनिधिको मतदान गर्ने अधिकार कटौती हुने चर्चाको सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा उनले जनप्रतिनिधिको अधिकार कटौती नहुनुपर्ने धारणा व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप