बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जिपको ठक्करले एकको मृत्यु

शुक्रबार, १४ माघ २०७३, १० : २७
शुक्रबार, १४ माघ २०७३

दमौली - तनहुँको जामुने गाविस– २ स्थित गुणादीमा आज भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँ जामुने गाविस– २ का ४२ वर्षीय चुननारायण विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए ।

पोखराबाट दमौली आउँदै गरेको ग १ च २८९३ नं को जिपले विपरीत दिशाबाट आउँदै गरेको ग ३ प २११३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका विकको रत्नहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप