बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सहिद दिवसमा 'इतिहासमै ठूलो' राष्ट्रिय झन्डा सार्वजनिक गरिने

शुक्रबार, १४ माघ २०७३, १७ : ३७
शुक्रबार, १४ माघ २०७३

काठमाडौँ - सहिद दिवसको अवसर पारेर नेपाली देशभक्त युवा समाजले इतिहासमै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने जनाएको छ ।

राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष नारायणप्रसाद ढुङ्गानाले अहिलेसम्मकै ठूलो अर्थात् १० मिटर अग्लो र साढे सात मिटर चौडाइको नेपालको राष्ट्रिय झन्डा सार्वजनिक गरे ।

“करिब आठ किलो तौल भएको उक्त झन्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाइएको छ, झन्डा आउँदो १६ गते सहिद दिवसका अवसरमा काठमाडौँको माइतीघर मण्डलामा फहराइने छ,” ढुङ्गानाले भने ।

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपस्थितिमा माइतीघर मण्डलामा आइतबार उक्त झन्डा फहराइने सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार ऋषि धमला, समाजसेवीद्वय अनुराधा कोइराला र पुष्पा बस्नेत, खेलाडी विमल घर्तीमगरलगायतलाई सम्मान गरिने समाजले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप