बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रधान सेनापति राष्ट्रिय भलिवलको उपाधी त्रिभुवन आर्मी क्लवलाई

शुक्रबार, १४ माघ २०७३, १७ : ५०
शुक्रबार, १४ माघ २०७३

काठमाडौं– ‘प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिवल प्रतियोगीता–२०७३’ को उपाधी नेपाली सेनाको त्रिभुवन आर्मी क्लवले जितेको छ ।

शुक्रवार सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहल, लगनखेलमा भएको फाईनलमा त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरीको भलिबल टिमलाई २५–२३, २५–२३ र २५–१७ को सोझो सेटमा पराजित गर्दै प्रथम हुन् सफल भएको हो ।

उपाधि विजेता टोलीलाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले तीन लाख नगद सहित प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरे । प्रतियोगीतामा दोस्रो भएको नेपाल प्रहरीको भलिवल टिमले एक लाख पचास हजार तथा तेस्रो हुन सफल पश्चिमाञ्चल भलिवल टिमले ७५ हजार नगद हात पारेको छ ।

बिहीबार तेश्रो स्थानको लागि भएको खेलमा पश्चिमाञ्चल भलिबल टिमले सशस्त्र प्रहरी बलको भलिबल टिम माथि विजय हासिल गरी तेश्रो स्थान हासिल गर्न सफल भएको थियो ।

प्रधान सेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०७३ मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक–एक तथा पाँच विकास क्षेत्रका पाँच भलिबल टिम गरी जम्मा आठ टिमको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप