बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मोर्चाले पुनर्संरचना आयोगको प्रतिवेदन जलाउने

शनिबार, १५ माघ २०७३, १५ : ५७
शनिबार, १५ माघ २०७३

काठमाडौँ – संघीय लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय तह पुनर्संरचना आयोगले सरकालाई बुझाएको प्रतिवदेन जलाउने निर्णय गरेको छ ।

मोर्चाको शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

आज बसेको बैठकले आगामी माघ २३ गते तराईका जिल्लाहरुको सदरमुकाममा आयोगले बुझाएको प्रतिवदेन जलाउने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

उनले भने, ‘यो प्रतिवेदन अपुरो र अधुरो छ । यो हामीलाई मान्य छैन । त्यही भएर यसको विरोध स्वरुप हामीले उक्त प्रतिवदेन जलाउने निर्णय गरेका हौँ ।’

बैठकले यसबीच पनि सहमतिको प्रयासलाई भने जारी राख्ने बताउँदै छलफल र वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ । ।

आजको बैठकमा सरकारले गरिरहेको निर्वाचन घोषणाको तयारी, संशोधन विधेयकलगायत विषयमा छलफल भएको थियो ।

सरकारले निर्वाचन घोषणा गरे कसरी अघि बढ्ने र कस्तो रणनीति अख्तियार गर्ने विषयमा पनि छलफल भएको बैठकमा सहभागी नेताहरुले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप