बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

घाँस काट्न गएकी महिलाको गैँडाको आक्रमणबाट मृत्यु

शनिबार, १५ माघ २०७३, १७ : ३५
शनिबार, १५ माघ २०७३

चितवन - चितवनको रत्ननगरस्थित सौराहामा गैँडाको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका– १९ स्थित जनकौली वनमा घाँस काट्न जाने क्रममा गैँडाले आक्रमण गर्दा स्थानीय ३५ वर्षीय लक्ष्मी श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज दिउँसो करिब १.३० बजे स्थानीय सामुदायिक वनभित्र गैँडाले उनलाई आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीचौकी बछौलीका प्रहरी नायब निरीक्षक दुर्गा कुँवरले जानकारी दिए ।

अहिले जङ्गलमा शवको मुचुलका उठाउन प्रहरी टोली जङ्गल पुगेको उनले बताए। पाँच जनाको समूहमा घाँस काट्न गएका बेला उक्त घटना भएको र एकजना सामान्य घाइते भए पनि अरु सकुशल रहेको स्थानीयवासी शीरलाल परियारले जानकारी दिए।

चितवनको निकुञ्जस्थित मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट धनजनको क्षति हुँदै आएको छ । अघिल्लो महिनामा पनि चितवनको माडी र सौराहामा हात्तीको आक्रणबाट दुई जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप