बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पदभार ग्रहणपछि ट्रम्प र पुटिनबीच पहिलो टेलिफोन वार्ता

आइतबार, १६ माघ २०७३, ०९ : २६
आइतबार, १६ माघ २०७३

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका धेरै नेताहरुसँग टेलिफोन वार्ता गरेका छन् । यसमध्ये एक थिए, रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ।

क्रेम्लिनका अनुसार टेलिफोन वार्तामा दुवै पक्षले सिरियामा रहेको इस्लामिक स्टेट लगायत अन्य अन्तर्राष्ट्रिय आतंकवादसँग लड्न सहमति जनाएको उल्लेख गरेको छ ।

ह्वाइट हाउसले टेलिफोन वार्तालाई सुधार आवश्यक रहेको सम्बन्धप्रति महत्वपूर्ण शुरुवात भएको बताएको छ ।

ट्रम्पले पद्भार ग्रहण गरेपछि दुई नेताबीच पहिलो वार्ता हो । क्रेम्लिनले जारी गरेको वक्तव्यमा छलफल ‘सकारात्मक र रचनात्मक भएको बताएको छ ।

क्रेम्लिनका अनुसार निम्न कुराहरुमा छलफल भएको थियो :

१. आतंकवादसँगको लडाइँ

२. मध्यपूर्व र अरब इजरायल द्वन्द्व

३. इरानको परमाणु कार्यक्रम

४. उत्तर र दक्षिण कोरिया

५. युक्रेनको अवस्था

क्रेम्लिनको वक्तव्य अमेरिकाले हाल रसियामाथि जारी राखेको आर्थिक प्रतिबन्धको बारेमा भने मौन रहेको छ ।

यद्यपि, दुवै पक्षले परस्पर लाभदायी व्यापारको पुनर्निर्माणको महत्वको विषयमा जोड दिएको कुरा भने उललेख छ ।

ट्रम्पले शनिबार नै जापान, जमर्नी, फ्रान्स र अस्ट्रेलियाका नेताहरुसँग छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप