बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पलाई पहिलो झड्का : आप्रवासी प्रतिबन्धको कार्यकारी आदेशविरुद्ध अदालतको ‘स्टे अर्डर’

आइतबार, १६ माघ २०७३, ०९ : ४५
आइतबार, १६ माघ २०७३

वासिङटन – अमेरिकाको एउटा अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको कार्यकारी आदेशविरुद्ध स्टे अर्डर जारी गर्दै प्रतिबन्धित मुस्लिम देशबाट भिसा भएका वा कानुनी प्रक्रिया पूरा गरेका अप्रवासीलाई अमेरिकाबाट तत्काल फिर्ता पठाउन रोक लगाएको छ ।

द अमेरिक सिफिल लिबरेटिज युनियन (एसिएलयु) ले राष्ट्रपति ट्रम्पको निर्णय विरुद्ध अदालतमा रिट दायर गरेको थियो ।

ट्रम्पको निर्णयका कारण अमेरिकामा अलपत्र परेकाहरुलाई फिर्ता पठाउन अदालतले रोक लगाएको एसिएलयुले बताएको छ ।

समूहका अनुसार हाल अमेरिकाको विमानस्थल र ट्रान्जिटहरुमा १ सयदेखि २ सयजना मानिसहरु हिरासतमा रहेका छन् ।

अमेरिकाका डिस्ट्रिक्ट जज एन डोनेलीको आदेशपछि प्रमाणित शरणार्थी आवेदन, भिसा र अमेरिका आउन कानुनी प्रक्रिया पूरा गरेकाहरुलाई अमेरिका छिर्न रोक लगाउन पाइने छैन ।

मुस्लिम बाहुल्यता भएको देशहरुका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी ट्रम्पको आदेशको चौतर्फी विरोध भइरहेको छ ।

शनिबार बोल्दै ट्रम्पले भने आफ्नो निर्णय मुस्लिमविरुद्धको प्रतिबन्ध नभएको बताए ।

‘यो राम्रोसँग कार्यान्वयन भइरहेको छ । तपाइँ विमानस्थलमा हेर्नसक्नुहुन्छ, जहाँ पनि हेर्न सक्नुहुन्छ,’ ओभल अफिसमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप