बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चार दिनको अन्तरालमा लगातार दोस्रो प्रतियोगिताबाट बाहिरियो लिभरपुल

आइतबार, १६ माघ २०७३, १० : ०६
आइतबार, १६ माघ २०७३

लिभपरपुल – च्याम्पियनसिप टोली वुल्भससँग स्तब्ध हुँदै लिभरपुल एफए कपबाट बाहिरिएको छ । उता, जीतसँगै वुल्भस प्रतियोगिताको पाँचौ चरणमा प्रवेश गरेको छ ।

रिचार्ड स्टेयरमानले पाहुना टोलीलाई ५३ सेकेण्डमा नै अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको अन्त्यतिर आन्द्रेस विइमानले अर्को गोल गर्दै वुल्भसको अग्रताको दोब्बर बनाए ।

खेलको अन्त्यतिर डिभोक ओरिजीले गोल गर्दै अन्तिम ५ मिनेटलाई खेल रोमाञ्चक बनाए पछि हार भने जोगाउन सकेनन् ।

चार दिनको अन्तरालमा कप प्रतियोगितामा जर्गन क्लपको टोलीको यो दोस्रो पराजय हो । यसअघि, बुधबार इएफएल कपको सेमिफाइनलमा लिभरपुल साउथह्याम्पटनसँग पराजित भएको थियो ।

लगातार दोस्रो प्रिमियर लिगको टोलीलाई पराजित गर्दै वुल्भस भने सन् २००८ पछि पहिलो पटक एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ ।

नयाँ वर्षको शुरुवातसँगै लिभरपुलले जनवरीमा खेलिएका ८ खेलमध्ये मात्र एक खेल जितेको छ ।

सन् २०१२ पछि घरेलु मैदानमा लगातार तीन खेल हारेको लिभरपुलले पहिलो पटक हो । क्लपले भने सन् २००७ पछि पहिलो पटक आफ्नो घरेलु मैदानमा लगातार तीन खेल हारेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप