बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा, ६.१ मेगावाट प्रसारण लाइनमा जोडिने

आइतबार, १६ माघ २०७३, ११ : ०३
आइतबार, १६ माघ २०७३

इलाम - मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ ।

रु ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष प्रधानले बताए।

अप्परमाईबाट निस्किएको पानी सुलुबुङ–३ र ७ नंबाट सुरुङ र पेनस्टक पाइपबाट विद्युत् उत्पादन गरिने जनाइएको छ । अप्परमाईको पावरहाउस नजिक हेडबक्सबाट ९६० मिटरको टनेलबाट विद्युत् उत्पादनको तयारी गरिएको प्रधानले बताए ।

अप्परमाई उत्पादित ९.९८ मेगावाट विद्युत् यसअघि नै उक्त करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको र क्यासकेड आयोजनाबाट समेत उत्पादित विद्युत् करिडोरमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिए ।

क्याम्पसले लगाएको पुराणमा पन्ध्र लाख सङ्कलन

क्याम्पस दिगो सञ्चालनका लागि दानाबारीस्थित गरूवा बहुमुखी क्याम्पसमा लगाइएको श्रीमद्भागवत धान्याञ्चल सप्ताह महायज्ञबाट रु १५ लाख सङ्कलन भएको छ ।

क्याम्पसको दिगो आर्थिक स्रोत व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले आयोजना गरिएको पुराणमा रु एक हजारदेखि रु एक लाखसम्म दान गरेका छन् ।

पुराणबाट उठेको रकम अक्षयकोषमा जम्मा गरिने र कोषलाई रु एक करोड पु¥याउने लक्ष्य रहेको क्याम्पस प्रमुख तारानाथ खनालले बताए ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पस २०६४ सालमा स्थापना भएको हो । सो क्याम्पस अहिले विद्यार्थीबाट उठेको शुल्क, स्थानीय सामुदायिक वनबाट प्राप्त हुँदै आर्थिक सहयोग र त्रिविविबाट प्राप्त हुने रु तीन लाख ९० हजार अनुदानबाट सञ्चालन हुँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप