बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री पाण्डेलाई पितृशोक

आइतबार, १६ माघ २०७३, १४ : ०३
आइतबार, १६ माघ २०७३

काठमाडौँ - भूमिसुधार तथा व्यवस्थामन्त्री बिक्रमबहादुर पाण्डेका पिता चन्द्रराज पाण्डेको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

उच्च रक्तचाप र मधुमेहरोगबाट पीडित पाण्डेको बूढानीलकण्ठस्थित आफ्नै निवासमा बिहान करिब ५ बजे निधन भएको उनको परिवारले जनाएको छ ।

कालिका कन्स्ट्रक्सन प्रालिका संस्थापकसमेत रहेका पाण्डे समाजसेवाका क्षेत्रमा पनि सक्रिय थिए । स्व. पाण्डेको चार छोरा छन् ।

स्व. पाण्डेप्रति श्रद्धाञ्जलि दिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, केन्द्रीय अध्यक्ष कमल थापालगायत बूढानीलकण्ठ पुगेका थिए ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका नेता जनक पाठकले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप