बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच निर्वाचनबारे छलफल, तयार रहन निर्देशन

आइतबार, १६ माघ २०७३, १७ : ३६
आइतबार, १६ माघ २०७३

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई स्थानीय तहको निर्वाचनको तयारीमा रहन बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमा आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाको तयारीमा सरकार रहेको जानकारी प्रमुख आयुक्त यादवलाई गराएका थिए ।

प्रधानमन्त्री र आफूबीच स्थानीय तहको निर्वाचन बारेमै केन्द्रित रहेर छलफल भएको बताउँदै प्रमुख आयुक्त यादवले भने –‘निर्वाचन कानुन, मिति घोषणा हँुदा र नहँुदाको जटिलता, निर्वाचनका लागि गर्नुपर्ने प्राथमिकताका कामकारबाहीबारे पनि हामीबीच विस्तृत र गहन कुराकानी भयो ।’

सो अवसरमा प्रधानमन्त्री दाहाललाई प्रमुख आयुक्त यादवले आयोगले आगामी फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउन लागेका बारेमा पनि जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप