बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नागढुङगामा गाडिको ठक्करबाट स्कुटरमा सवार १ महिलाको मृत्यु,२ जना घाइते

आइतबार, १६ माघ २०७३, ०८ : १७
आइतबार, १६ माघ २०७३
काठमाडौँ – काठमाडौंको नागढुङगामा गाडिको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट बट्टार–४ कि ३१ बर्षिया अप्सरा भट्ट रहेकी छिन् । दुर्घटनामा परी घाइते भएकी उनको उपचारका क्रममा स्टार अस्पताल सानेपामा मृत्यु भएको हो । घाइते भएका ४१ बर्षिय विष्णु भट्ट र ७ बर्षिय अजित भट्टको सोहि अस्पतालमा उपचार भैरहेको छ । आज अपरान्ह् सवा ४ बजे काठमाडौंबाट धादिङ्गतर्फ जांदै गरेको बा ३ ख ७५५३ नम्बरको डिब्बा गाडिले उनीहरु सवार बा ७२ प ९१५३ नम्बरको स्कुटरलाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई स्थानिय प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप