बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पराजयबाट जोगियो बार्सिलोना, दोस्रो स्थानमा उक्लियो

आइतबार, १६ माघ २०७३, १८ : ५४
आइतबार, १६ माघ २०७३

बार्सिलोना – स्पेनिस ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले हारबाट जोगिँदै रियल बेटिससँग बराबरी खेलेको छ ।

आइतबार सम्पन्न खेलमा लुइस सुवारेजले खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका हुन् । सुवारेजको गोलको मद्दतले बार्सिलोनाले महत्वपूर्ण एक अंक बटुल्न सफल भएको छ ।

यसअघि एलेक्स अल्गेराको गोलको मद्दतले बेटिसले खेलमा अग्रता लिएको थियो ।

बेटिसले निकै तीव्र गतिको खेल प्रदर्शन गर्दै बार्सिलोनामाथि निकै दबाब बनाएको थियो ।

बराबरीसँगै २० खेलबाट ४२ अंक सहित दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको रियल म्याड्रिडभन्दा १ अंकले पछि हो । तर, रियलले २ खेल कम खेलेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप