बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट साइकिलयात्रीको मृत्यु, आगोले जलेर सुत्केरीको निधन

आइतबार, १६ माघ २०७३, १९ : ०५
आइतबार, १६ माघ २०७३

राजविराज -  पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको तेरहौता गाविस–६ मा आईवार ट्रकको ठक्करबाट एक साइकिलयात्रीको घटना स्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मृत्यु हुनेमा सितापुर–४ (सप्तरी) का करिब ६० वर्षीय बच्चु चौधरी रहेका छन् ।

पश्चिम पूर्वतर्फ गईरहेको ना४ख १८० नम्वरको ट्रकले सोहि दिशातर्फ साईकिल चढेर गईरहेका चौधरीलाई ठक्कर दिएको प्रहरी निरिक्षक विजय श्रेष्ठले बताए । ट्रकका चालक फरार भएको कारण उनको खोज तलाश भईरहेको श्रेष्ठले जानकारी दिए ।

आगोले जलेर सुत्केरीको मृत्यु

त्यस्तै सप्तरीको छिन्नमस्ता गाविस–१ मा एक सुत्केरी महिलाको आईतवार जिउमा आगो लागेर मृत्यु भएको छ ।

वर्ष २४ की आशादेवी मण्डलको घुरमा आगो ताप्ने क्रममा साडीमा आगो सल्किएपछि उपचारको क्रममा मृत्यु भएको हो ।

उनी १६ दिनकी सुत्केरी रहेकी र बच्चासहित घुर ताप्न बस्दा गम्भिर रुपले जलेकी थिईन् ।

जिउभरि आगो लागेर गम्भिर अवस्थाकी उनलाई उपचारका लागि धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी निरिक्षक विजय श्रेष्ठले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप