मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तीनदिने नगरकोट उत्सव सम्पन्न

आइतबार, १६ माघ २०७३, १९ : ४७
आइतबार, १६ माघ २०७३

भक्तपुर - ‘प्राकृतिक सम्पदा कला, संस्कृति, सामूहिक एकता र पर्या–पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने नाराका साथ नगरकोटको शान्तिडाँडामा सुरु भएको तीनदिने नगरकोट उत्सव आज सम्पन्न भएको छ । कला र संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले आयोजना भएको उत्सवमा नगरकोटको पहिचान झल्कने स्थानीय वेषभूषा, खानाका परिकार, कृषि, शैक्षिक तथा औद्योगिक गरी ५० वटा कक्ष राखिएको थियो । शान्ति उद्यान संरक्षण तथा व्यवस्थापन समितिको आयोजना तथा जिविस भक्तपुर र नगरकोट नगरपालिकाको सह–आयोजनामा सञ्चालित उत्सवमा भक्तपुर, काभ्रेलगायत विभिन्न जिल्लाका आन्तरिक तथा बाह्य गरी २५ हजारभन्दा बढी पर्यटकले उत्सवको अवलोकन गरेको आयोजक समितिका अध्यक्ष धनबहादुर लामाले जानकारी दिए । यसअघि उत्सवको उद्घाटन कार्यक्रममा भूमिसुधार तथा व्यवस्था मन्त्री विक्रम पाण्डेले रु एक करोड ५० लाखको लागतमा निर्माण भएको बुद्ध मूर्ति अनावरण र नगरकोट शान्ति बाटिकाको शुभारम्भ गरेका थिए। नगरकोटको शान्तिडाँडामा रहेको ८० रोपनी क्षेत्रफलमा शान्तिबाटिका निर्माण, उद्यान, भ्युटावर, ध्यान तथा योग केन्द्र र वनभोज स्थललगायतका भौतिक संरचना निर्माणका लागि रु २६ करोडको गुरुयोजना बनाई पूर्वाधार विकासको कार्य गरिएको संयोजक लामाले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप