बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोको प्रेरणामा रियललाई शीर्ष स्थानमा ४ अंकको अग्रता

सोमबार, १७ माघ २०७३, ०९ : २३
सोमबार, १७ माघ २०७३

म्याड्रिड – बार्सिलोना र सेभिया दुवैले अंक गुमाएको फाइदा उठाउँदै रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

रियलको जीतमा नायक बन्दै क्रिस्टियानो रोनाल्डोले एक गोलको अवसर सृजना गरे भने एक गोल गरे ।

रोनाल्डोको पासमा माटेयो कोभाचिचले खेलको ३८ औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा सोसिडाडका गोलकिपर जेरोनिमो रुलीलाई चिप गर्दै रियलको अग्रता दोब्बर बनाए । पछिल्ला १३ खेलमा रोनाल्डोको यो १३ औँ गोल हो ।

खेलको ७४ औँ मिनेटमा सोसिडाडका इनिगो मार्टिनेज रातो कार्ड खाँदै बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमित बनेको थियो ।

त्यसपछि अल्भारो मोराटाले लुकास भाजक्वेजको क्रसलाई गोलमा परिणत गर्दै रियललाई सहज दिलाए ।

यो हप्ता शीर्ष चारमा रहेको टोलीमध्ये जीत हासिल गर्ने रियल एक मात्र टोली बन्यो ।

बार्सिलोना रियल बेटिससँग रोकियो भने सेभिया इस्पानियोलसँग पराजित भयो भने एथ्लेटिको अलाभेससँग गोलरहित बराबरीमा रोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप