बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बुम्राहको उत्कृष्ट अन्तिम ओभर, इंग्ल्याण्ड ५ रनले हार्यो

सोमबार, १७ माघ २०७३, ०९ : ३९
सोमबार, १७ माघ २०७३

नागपुर – जस्प्रित बुम्राहले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि सनसनीपूर्ण खेलमा भारतले इंग्ल्याण्डलाई ५ रनले पराजित गरेको छ । जीतसँगै भारतले टी–२० श्रृंखला १–१ ले बराबरी गरेको छ ।

अन्तिम ओभरमा जीतका लागि मात्र ८ रन चाहिएको अवस्थामा बुम्राहले जो रुट र जस बटलरलाई आउट गरे भने मात्र दुई रन खर्चिए । जो रुट भने अम्पायरको गलत निर्णयको शिकार बने ।

३८ रन बनाएका बेन स्टोकले इंग्ल्याण्डलाई भारतले प्रस्तुत गरेको १४५ रनको लक्ष्य तर्फ अगाडी बढाइरहेको बेलामा उनी आशिस नेहराको बलमा आउट हुन पुगे । उनले खेलमा २८ रन दिँदै ३ विकेट लिए ।

यसअघि भारतका लागि ओपनर के एल राहुलले ४७ बलमा ७१ रन बनाएपछि भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो ।

म्यान अफ द म्याच जस्प्रित बुमराह घोषित भए ।

अब निर्णायक खेल बुधबार बैंग्लोरमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप