बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वाइन्सटाइगर फर्किँदा युनाइटेड एफए कपको पाँचो चरणमा

सोमबार, १७ माघ २०७३, ०९ : ५५
सोमबार, १७ माघ २०७३

म्यान्चेस्टर – झण्डै एक वर्षपछि म्यान्चेस्टर युनाइटेडका लागि पहिलो खेल खेलेका बास्टिन स्वाइन्सटाइगरले एक गोल गर्दै अर्को गोलका लागि अवसर सृजना गरेपछि विगनलाई हराउँदै एफए कपको अर्को चरणमा प्रवेश गरेको छ ।

स्वाइन्सटाइगरको क्रसमा गोल गर्दै पहिलो हाफको अन्त्यतिर मारोएन फेलानीले युनाइटेडलाई अग्रता दिलाए ।

चौँथो चरणको खेलको दोस्रो हाफमा भने २४ मिनेटको अन्तरालमा विगनले ३ गोल खाएको थियो । क्रिस स्मालिङ, हेरेनिक मिखितारियन र स्वाइन्सटाइगरले गोल गरेपछि युनाइटेडले ४–० को सहज जित दिलाए ।

खेलपछि युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले आफ्नो टोली जितको हकदार भएको बताए ।

‘पहिलो हाफ हामीले त्यति राम्रो खेलेनौँ तर हामीसँग १–० को अग्रता थियो । दोस्रो हाफमा भने हामीले उत्कृष्ट खेल्यौँ । र, हामी अन्तिम १६ मा छौँ । म खुसी छु ।’

मोरिन्होको नेतृत्वमा युनाइटेडले ६ खेलमा ४ वा सोभन्दा बढी गोल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप