बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आप्रवासीमाथि प्रतिबन्ध लगाउने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति होइनन्

सोमबार, १७ माघ २०७३, १३ : २०
सोमबार, १७ माघ २०७३

वासिङटन – गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बहुसंख्यक रहेका ७ राष्ट्रबाट कम्तिमा आगामी ९० दिनका लागि अमेरिका प्रवेशमा रोक लगाए । यसमा इराक, सिरिया, इरान, सुडान, लिबिया, सोमालिया र यमन रहेका छन् । उनले १२० दिनका लागि अमेरिकाको शरणार्थी कार्यक्रम निलम्बन गरे, विशेष गरेर सिरियाका शरणार्थीका लागि अर्को निर्देशनसम्म प्रतिबन्धित गरे । त्यस्तै यस वर्ष अमेरिकाले लिने शरणार्थीको कोटालाई घटाएर ५० हजारमा झारे ।

ट्रम्पको निर्णयको विरोध शुरु भएपछि, विशेष गरेर अरब राष्ट्रका पासपोर्ट र ग्रीनकार्ड बोकेकाहरुलाई समेत अमेरिकाको विमान चढ्न लाग्दा विमानस्थलको हिरासतमा राखिएपछि, अमेरिकाको फेडरल न्यायाधीसले ट्रम्पको कार्यकारी आदेशको केही अंशलाई खारेज गर्दै अमेरिका आइसकेका यात्रु र वैद्य भिसा भएकाहरुलाई फिर्ता पठाउन नपाउने आदेश जारी गरेका छन् । ट्रम्पको निर्णयविरुद्ध विशाल प्रदर्शनहरु अझै जारी नै छ ।

तर, यसरी आप्रवासीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको पहिलो पटक भने होइन । पछिल्ला २ सय वर्षमा अमेरिकी राष्ट्रपतिहरुले विशेष क्षेत्रका आप्रवासीहरुमाथि समय–समयमा प्रतिबन्ध लगाउँदै आएका छन् ।

हेरौँ ६ पटक जब अमेरिकामा आप्रवाीहरुमाथि प्रतिबन्ध लगाइयो ः

चिनियाँमाथि प्रतिबन्ध राष्ट्रपति चेस्टर ए आर्थर मे ६, १८८२ मा हस्ताक्षर

चाइनिज एक्सक्लुजन एक्टले अमेरिकाको खानीमा काम गर्ने कामदारहरुलाई अमेरिका प्रवेशमा १० वर्षका लागि प्रतिबन्ध लगाएको थियो । कुनै आप्रवासीमाथि लगाइएको यो पहिलो प्रतिबन्ध थियो । यतिबेला अमेरिकामा बेरोजगारीको ठूलो समस्या थियो । चिनियाँहरुले त्यहाँको रोजगारीको सानो अंश मात्र ओगटे पनि उनीहरुलाई बलीको बोको बनाइयो ।

यसमा चीनमा रहेका चिनियाँहरुमाथि पनि प्रतिबन्ध लगाउनुको साथै देश छाडे पुनः छिर्न अनुमति चाहिने नियम लागु गरियो । यो कानुन सन् १८९२ मा किए पनि त्यसलाई पुनः गिएरी एक्ट भनेर १० वर्षका लागि थपियो । यसमा अमेरिकामा चिनियाँहरुमाथि थप प्रतिबन्ध लगाइयो ।

सन् १९४३ मा म्यागनुसन एक्टपछि भने यसमा केही खकुलो बनाइएको थियो । जसमा चिनियाँ आप्रवासी र अमेरिकामा रहेका चिनियाँहरुलाई अगंकृत नागरिक बन्न खुला गरेको थियो । तर, सम्पत्ति र व्यवसायमा भने प्रतिबन्ध यथावत राखियो । दोस्रो विश्वयुद्धमा अमेरिका र चीन मित्र भएको बेला यो खकुलो पारिएको थियो । यहुदीमाथि प्रतिबन्ध राष्ट्रपति फ्रांक्लिन डि रुसभेल्ट

दोस्रो विश्वयुद्धका दौरान धेरै शरणार्थी बन्न बाध्य बनेका थिए । त्यतिबेला राष्ट्रपति फ्रांक्लिन डि रुसभेल्टले शरणार्थीहरु देशको सुरक्षाका लागि ठूलो चुनौती भएको तर्क गरे । नाजी जासुसहरु हुन सक्ने भन्दै उनले वार्षिक रुपमा अमेरिका प्रवेश गर्ने जर्मन यहुदीहरुको संख्या घटाएर २६ हजार पुर्याए । हिट्लरको शासनको बेला त्यो कोटामध्ये पनि २५ प्रतिशत मात्र प्रयोग गरिएको थियो ।

सन् १९९३ को जुन ९३७ यहुदी चढेका जहाजलाई युरोप फर्कन बाध्य पारिएको थियो । जसमध्ये धेरै हिटलरको शिकार बन्न पुगे ।

अराजकतावादीमाथि प्रतिबन्ध राष्ट्रपति थिएडोर रुसभेल्ट सन् १९०३, मार्च ३

सन् १९०३ मा एनार्किस्ट एक्सक्लुजन एक्टले राजनीतिक चरम्पन्थीहरुलाई अमेरिका प्रवेशमा रोक लगाएको थियो ।

सन् १९०१ मा राष्ट्रपति विलियम म्याकेन्लीमाथि लियन कजोल्गोजले गोली प्रहार गरेका थिए । उनी अमेरिकी चरमपन्थी थिए र पोल्याण्डबाट आएका आप्रवासी थिए ।

इमिग्रेसन एक्ट अफ १९०३ भनेर पनि चिनिने यस कानुनमा चरमपन्थीहरुको साथै छारे रोग भएका, माग्ने र यौनकर्मीहरुको आयात गर्नेहरुमाथि पनि प्रतिबन्ध लगाइएको थियो ।

कम्युनिस्टमाथि प्रतिबन्ध सन् १९५० अगस्त २३ सन् १९५० को इन्टरनल सेक्युरिटी एक्टमा कम्युनिस्ट पार्टीका सदस्यलाई अमेरिकाबाट फिर्ता पठाउन पाउने अधिकार राखियो । त्यस्तै, कम्युनिष्ट पार्टीका सदस्यहरु अमेरिकाको नागरिक बन्न नपाउने प्रावधान राखियो । राष्ट्रपति ह्यारी टुरमानले यसको विरोध गरेका पनि यसलाई कंग्रेसले पास गरेको थियो ।

सन् १९९३ मा सर्वोच्च अदालतले यसलाई असंवैधानिक ठहर गर्यो । तर, यसको केही अंक अझै कार्यान्वयनमा छ ।

इरानीमाथि प्रतिबन्ध राष्ट्रपति जिमी कार्टर सन् १९८०, अप्रिल ७ सन् १९७९ मा तेहरानमा रहेको अमेरिकी राजदूतवासमा रहेका ५२ जना अमेरिकीलाई ४४४ दिनसम्म बन्धक बनाइएको थियो ।

त्यतिबेला राष्ट्रपति कार्टरले इरानमाथि प्रतिबन्ध लगाउँदै त्यहाँका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो ।

अहिले ट्रम्पले फेरि इरानी नागरिकामाथि प्रतिबन्ध लगाएका थिए ।

एचआइभी पोजेटिभमाथि प्रतिबन्ध सन् १९८७

राष्ट्रपति रोनाल्ड रेगनको पालामा एचआइभी पोजेटिभ भएका व्यक्तिलाई अमेरिका प्रवेशमा रोक लगाइएको थियो । विशेष गरेर अफ्रिकी र आल्पसंख्यक समुदायमाथि निगरानी राखिएको थियो । त्यतिबेला छुँदा वा हवाबाट यो रोग सर्ने विश्वास गरिन्थ्यो ।

सन् २००९ मा राष्ट्रपति बाराक ओबामाले यो खारेज गरिदिए । यस प्रक्रियाको शुरुवात राष्ट्रपति जर्ज डब्लु बुसले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप