बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विधेयक पारित

सोमबार, १७ माघ २०७३, १५ : १९
सोमबार, १७ माघ २०७३

काठमाडौँ - व्यवस्थापिका–संसद्को आजको बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ ।

वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले प्रस्तुत गरेको सो विधेयकमाथि सांसदहरु प्रेम सुवाल, सूर्यप्रकाश वाला राई, रेवतीरमण भण्डारीलगायतले विधेयकमाथि आ–आफ्नो धारणा राखेका थिए ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले वन तथा वन्यजन्तुको संरक्षण गर्दै आर्थिक समृद्धि हासिल गर्ने दिशामा विधेयक महत्वपूर्ण रहेको बताए ।

नेपालले जैविक विविधताको संरक्षणलाई विशेष जोड दिएको उल्लेख गर्दै उनले दुर्लभ वन्यजन्तुको संरक्षण र तिनीहरुको अवैध व्यापार नियन्त्रण गर्न विधेयक समयसापेक्ष रुपमा ल्याइएको बताए ।

संसद्को वातावरण संरक्षण समितिको प्रतिवेदनसहितको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) विधेयक, २०७३ माथि छलफल गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक आज १४ः३० बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप