बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पलाई बेलायत आउनबाट रोक्न अभियान

सोमबार, १७ माघ २०७३, १६ : ३७
सोमबार, १७ माघ २०७३

लण्डन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बेलायतको महारानीसँग हात मिलाउनबाट रोक्न बेलायती वकिल ग्राहम गेस्टको याचिकाप्रति हप्तौँसम्म कसैले चाँसो दिएका थिएनन् ।

नोभेम्बरको अन्त्यमा बेलायतको सरकार र संसद्को वेवसाइटमा दर्ता गरिएको याचिकामा मात्र ३७२ जनाको हस्ताक्षर थियो ।

तर, जब राष्ट्रपति ट्रम्पले ७ वटा मुस्लिम बाहुल्यता भएको देशबाट आप्रवासीहरुलाई रोक्ने तथा शरणार्थी कार्यक्रमलाई निलम्बन गर्ने निर्णयबारे समाचार फैलियो, यो याचिकामा हस्ताक्षर गर्नेको संख्या १० लाख पुग्न लागेको छ ।

नियम अनुसार १० लाख हस्ताक्षर पुगे यो संसद्मा छलफल हुनका लागि योग्य हुनेछ । तर, त्यो हुन्छ या हुँदैन भन्ने ग्यारेन्टी भने छैन ।

लिड्सका वासिन्दा आफ्नो याचिका यति चर्चित बनेकोमा दंग छन् ।

‘सायद ट्रम्पको प्रतिबन्धले मानिसहरु आक्रोशित बनेका छन् । त्यही भएर उनीहरु ट्रम्पलाई आफै अरुको देशमा प्रतिबन्धित हुँदा कस्तो महसुस हुन्छ भन्ने स्वाद चखाउन चाहन्छन्,’ उनले भने ।

बेलायती कुटनीतिज्ञहरुले ट्रम्पको निर्देशनको विरोध गरिरहेका छन् । दबाबमा परेपछि प्रधानमन्त्री थेरेसा मेले आइतबार आफूहरु यस्तो दृष्टिकोणमा सहमत हुन नसक्ने बताउँदै यो मामिलामा अमेरिकाले आफै निर्णय गर्नुपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप