बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भोजपुरमा अनिश्चितकालीन यातायात बन्द

सोमबार, १७ माघ २०७३, १६ : ३९
सोमबार, १७ माघ २०७३

भोजपुर - स्थानीय तहको पुनःसंरचनामा आफूहरुको माग पूरा नभएको भन्दै भोजपुरमा दुई दिनयता अनिश्चितकालीन यातायात बन्द भएको छ ।

यसअघि छुट्टै गाउँपालिकाको माग गर्दै पटकपटक आन्दोलन गरिरहेका संयुक्त गाउँपालिका समन्वय समिति इलाका नं ८ र ९ ले स्थानीय तह पुनःसंरचना आयोगसँग भएको सहमतिसमेत कार्यान्वयन नभएकाले अन्तिम विकल्पका रुपमा बन्दको घोषणा गरिएको संयुक्त गाउँपालिका समन्वय समितिका संयोजक हर्कराज राईले बताए ।

बन्दपछि सो क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्गमा सवारी साधन चल्न सकेका छैनन् । सो क्षेत्र हुँदै खोटाङ जाने बस चल्न नसकेको संयुक्त बस व्यवसायी सङ्घले जनाएको छ । अनिश्चिकालीन रुपमा गरिएको बन्दका कारण यात्रु मारमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप