बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इटहरीमा प्रहरी र आपराधिक समुहबीच गोली हानाहान (फोटोसहित)

सोमबार, १७ माघ २०७३, १६ : ५८
सोमबार, १७ माघ २०७३

सुनसरी– सुनसरीको इटहरी १४ खनारमा प्रहरीको गोली लागी तीन जना घाइते भएका छन् । लुटपाट, डकैटी र लागुऔषध कारोबारमा संम्लग्न रहेको आरोपमा पक्राउ गर्न खोज्दा भागेपछी प्रहरीले उनीहरुमाथि गोली प्रहार गरेको हो ।

क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरको अपराध अनुसन्धान व्यूरो (रिट) का प्रहरी निरीक्षक हेमराज ओलीको कमाण्डमा रहेको सादा पोसाकका प्रहरी टोलीलाई पेस्तोल देखाई भाग्ने क्रममा उनिहरुमाथि गोली प्रहार भएको बताइएको छ ।

जसमा जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीको टोली समेत परिचालन गरिएको थियो । घाइते तीनै जनालाई उपचारका लागी बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ । घाइते हुनेमा मोरङ्गको टङ्की सिनुवारीका श्रवण सरदार, इटहरी १३ खनारका करिश्मा चौधरी र मोरङ् नोचाका सतन पासवान छन् । घाइते श्रवणको बायाँ तिघ्रामा गोली लागेको छ । शुभलाल सरदारको दुवै खुट्टामा र सतन सरदारको पनि दुवै खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।

एक महिनादेखी मोरङको रंगेली, रानी र सुनसरीको दुहबीमा भएको श्रृंखलाबद्ध डकैटीको घटनामा उनीहरुको संलग्नता रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेशराज सुवेदीले दाबी गरे ।

घटनास्थलमा प्रहरीले तीन थान अटोमेटिक पेस्तोल एक थान कटुबा पेस्तोल बरामद गरेको छ । पेस्तोलमा लाग्ने करिब २५ राउण्ड गोली बरामद गरिएको छ । साथै केही थान लागुऔषध समेत फेला परेको छ ।

उनिहरु को २२ प ६३६३ नम्बरको बाईकमा सबार थिए । उक्त बाईक चोरीको हुन सक्ने प्रहरीले बताएको छ । बाईकसगै नक्कली नम्बर प्लेट समेत फेला परेको छ ।

धरान तर्फ लागूऔषध लिएर जाँदै गरेको सुचनाको आधारमा प्रहरीको बिशेष टोली खनारमा बसेको थियो । तर, नहरको बाटो गरेर उनीहरु भागेपछि गोली चलाएको प्रहरीको भनाई छ । प्रहरीले एघार राउण्ड गोली चलाएको स्थानीयले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप