बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ज्योति मगरले खोलिन आफुलाई चाहिने यूवाको यस्तो योग्यता

सोमबार, १७ माघ २०७३, १७ : ३१
सोमबार, १७ माघ २०७३

सांगीतिक क्षेत्रकी ‘हट एण्ड सेक्सी’ गायिकाका रुपमा चर्चित छिन् ज्योती मगर । लोकगीतमार्फत कला यात्राको थालनी गरेकी मगर म्युजिक भिडियोमा मोडलको रुपमा पनि देखिने गर्छिन् । स्टेज पर्फमेन्स पनि उनको त्यस्तै ‘हट’ रहने गरेको छ ।

उनको माग देश–बिदेशको कार्यक्रममा धेरै हुने गरेको छ । पछिल्लो समयकी महँगी गायिका पनि हुन् उनी । केहीले उनलाई कन्ट्रोवर्सी क्वीन पनि भन्छन् । उनी जहाँ जान्छिन्, केही न केही हंगामा हुनेनै गरेको छ । मिडियाका कसरी हट केक बन्न सकिन्छ भन्ने राम्ररी बुझेकी ज्योतीसँग रातोपाटीका लागि कुबेर गिरीले गरेको सम्वाद :

औला उठाउनु पर्यो

मेरो प्रस्तुतिका बारेमा सोसल मिडियामा आउने कुरा र कार्यक्रम (अर्थात अन द स्पोट) मा आउने कुरा धेरै भिन्न छ । मलाई यो कुरो अचम्म लाग्छ ।

कार्यक्रममा अहिलेसम्म एक जना दर्शकले पनि तपाईंको प्रस्तुति भल्गर भयो भन्नु भएको छैन । मलाई के लाग्छ भने कला क्षेत्र नबुझेका र यो लाइनका बिषयमा कम ज्ञान भएका ब्यक्तिले मेरो प्रस्तुतिलाइ बिभिन्न आरोप लगाएका हुन् ।

उखानै छ नि ‘लिटिल नलेज इज भेरी डेन्जरस्,’ हो, त्यही भएको हो । अर्काे कुरा मेरो प्रस्तुतिमा आरोप लगाउने जति छन् । ती सबै हाम्रो फिल्डसँग सम्बिन्धित छन् । केही न केही रुपमा । हाम्रो फिल्ड बाहिरको मानिसले मेरो प्रस्तुति अश्लिल भयो भनेर आरोप लगाएका छैनन् ।

हामीलाई स्वीकार्ने – नकार्ने सबै दर्शकको हातमा छ । दर्शकबाट केही कुरा आयो भने म आफ्नो प्रस्तुतिमा बिचार गर्न तयार छु । अहिलेको कुराले मलाई अहिले केही फरक पर्दैन ।

दर्शक इन्जोए गर्छन्

मेरो प्रस्तुति जसरी सोचे त्यसरी नै पाउन सकिन्छ । सेक्सका कुरालाई घुमाएर, इन्डाइरेक्टीभन्दा रमाइलो लाग्छ । डाइरेक्ट्ली बोल्ने कुरा पनि आउँदैन । म पनि सोसियल मानिस हुँ । मेरो प्रस्तुतिलाई राम्रो नै भन्छु म । दर्शकले पनि पचाएका छन् । दर्शकले प्रस्तुति एकदमै राम्रो छ भन्ने गर्नु भएको छ ।

हामीलाई मनपर्छ, यस्ता प्रस्तुति धेरै दिनुपर्छ भन्ने पनि धेरै छन् । कतिपय दर्शकले त तिम्रो रिस गर्नेले बिभिन्न आरोप लगाउने गरेको पनि भन्ने गरेका छन् । त्यसको पछि तिमी नलागछ । आफूलाई चेन्ज नगर । हामी तिमीलाई यही रुपमा हेर्न चाहन्छौ समेत भन्ने गर्नु भएको छ । अझ, मेरो प्रस्तुति धेरै जसो केटी दर्शकले मन पराउँछन् । सबै खालका दर्शक मेरो प्रस्तुतिमा रमाएको, इन्जोए गरेको मैले पाएकी छु ।

मेरै माग हुन्छ

कार्यक्रममा परम्परागत ट्रेन्ड भन्दा अलिफरक खालको प्रस्तुति दिने गरेकी छु । मेरो प्रस्तुति नेपाली समाजले पचाउने खालको नै छ, पाचाइरहेका छन् पनि । यसलाइ कसैले अन्यथा नलिँदा पनि हुन्छ ।

जो नेपाली कलाकारलाई माया गर्नुहुन्छ, नेपाली कला संस्कृतीलाई माया गर्नुहुन्छ, जो बिशुद्ध दर्शकको रुपमा रहनुभएका छन्, वहाँहरुले मेरो प्रस्तुतिमा औला उठाउनुभएको छैन् । मसँग प्रतिस्पर्धा गर्न नसक्ने, आफ्नो प्रस्तुतिले दर्शक रिझाउन नसक्नेलाइ मेरो प्रस्तुति नपचेको हो ।

दर्शकलाई आफूतिर खिच्न नसक्ने, मेरो रिस गर्नेले मेरो प्रस्तुति पचाउन पनि सक्दैनन् । त्यस्ता पात्र अहिले धेरै कम छन् । मेरो प्रस्तुति दर्शकले नपचाइएको, नरुचाइएको भए ज्योती मगर फुर्सदमा हुनुपर्ने थियो नि । मलाई अहिले गाउँदेखि बिदेशका कार्यक्रमले भ्याइ नभ्याइ छ । यो हुनुको कारण के हो त ? निश्चय पनि मेरो प्रस्तुति राम्रो भएर हो । कार्यक्रममा ज्योतीको माग दिन प्रतिदिन बढ्दो छ ।

वर्तमानमा बाच्ने हो

म सामाजिक मान्छे हुँ । मेरो पनि परिवार छ । आफन्त छन् । तिनले पनि तिम्रो प्रस्तुति नराम्रो भयो । हामीलाई अप्ठ्यारो भयो, समाजले कुरा काट्न थाले, आफन्तले नराम्रो दृष्टीले हेर्न थाले भनेर भन्नुपर्ने हो ।

तर, अहिलेसम्म कहीँ कतैबाट केही कुरो आएको छैन ।

बरु आफन्तले नै बाहिर जे हावा चलेपनि तिमी आफ्नो काममा डटेर लाग । काम गर्नेकै कुरा काट्ने हो मानिसले । कामै नगर्ने, कसैले नचिनेको ब्यक्तिको कस्ले कुरा गर्छ र ? भनेर भन्नुहुन्छ ।

त्यस्ता केही साथीभाइ छन् । जसले अहिलेको तिम्रो प्रस्तुतिले भविश्यमा असर गर्छ चाँही भन्ने गरेका छन् । तर मलाई लाग्दैन । हामीले भूतबाट पाठ सिक्ने हो, वर्तमानमा बाँच्ने हो, भविश्यलाई राम्रो बनाउन कोसिस गर्ने हो । भविश्यमा के होला ? कस्तो होला ? त्यो होला भनेर अहिले चिन्ता किन गर्ने ?

भविश्यमा म पनि त बुढी हुन्छु । म बुढी भएको बेलामा अहिलेको प्रस्तुति त अबश्य दिन सक्दिन । अहिलेको जस्तो पहिरन लगाउन सक्दिन । ति ठाउँहरुमा अहिले झै जान सक्दिन । त्यो बेलामा त्यहि ठिक हुन्छ । अहिलेको कुरा गर्ने हो भने मैले अहिले जे गरिरहेकी छु त्यही ठिक । यसो भन्दैमा हन्डेट प्रसेन्ट सही छु भनेको होइन । सुधार गर्नुपर्ने कुरा धेरै होलान् ।

ह्याण्डसम युवा चाँहिन्छ

जीवन साथीको अहिलेसम्म कल्पना गरेकी छैन भन्दा पत्याउनु हुन्न होला । छ भनौ भने, के भन्ने । मलाई माया गर्ने, भनेको मान्ने, डेटमा लैजाने, फकाउने, म रिसाउँदा हासेर बोल्ने, मेरो दुःखमा पनि साथ दिने, धेरै पैसा पनि नभएको, आफ्नो खुट्टामा उभिने हैसियत बनाएको , रोजगार ह्याण्डसम लाग्ने युवकको कल्पना गरेकी छु । ह्याण्डसम र राम्रो देख्ने पनि आ आफ्नो नजर रहेछ । अहिले मलाई यो फिल भएको छ । पहिले पहिले मलाई खैले नराम्रो लाग्थ्यो । अहिले इन्टरनेट देखि धेरै ठाउँमा देख्दा देख्दा राम्रो लाग्न थालेको छ । सबै मान्छे ह्याण्डसम हुँदा रहेछन् भनने पनि लाग्न थालेको छ ।

अफर गरे डेट जान तयार

डेटमा थुप्रै गएकी छु । कति पटक भनेर गन्ती गरेकी छैन । धेरै मानिस एक्लै, गोप्य ठाउँमा, एकान्त ठाउँमा डेट जान रमाउँछन् । तर म त्यसरी कसैसँग गएकी छैन । डेट मलाई ग्याङ्मै रमाइलो लाग्छ । आफुलाई मन परेको केटासँग जादा पनि आफ्नो पनि दुई चार जना साथी होस्, उसको पनि साथी होस् भन्ने चाहना छ ।

डेटमा रमाइलो गर्न मिलोस् । म्युजिकल वातावरण होस् । नृत्य गर्न मिलोस् । यस्तो डेट राम्रो डेट हो भन्ने लाग्छ । अहिलेसम्म कसैसँग एक्लै डेट गएकी छैन । प्लेसको बारेमा पनि मेरो त्यस्तो केही धारणा छैन ।

यो कल्पनाको कुरो पनि हो । जसरी कल्पना गर्न खोज्यो त्यस्तै देखिन्छ । डेटिङको अफरहरु आउछन् । मैले क्यान्डल लाइट डिनर डेटिङको कल्पनाना पनि गरेको छैन । यो बोर लाग्छ । स्टारहरुसँग डेटिङ जाने रहर पनि छैन । नेताहरुसँग पनि कल्पना गरेकी छैन । किन भने हाम्रो देशका नेताहरु त धेरै उमेर पाकेका छन् । तर गगन थापा मनपर्छ । अफर गरे डेट जान तयार छु ।

लुकाउदा भैहाल्छ नि

हाम्रो एक प्रकारको संस्कार छ । संस्कार अनुसार सेक्सलाई ओपन नगर्दा धेरै राम्रो । संस्कार अनुसार भन्ने हो भने सेक्स बिबाह पछाडी नै राम्रो हो । मलाई अहिलेको जेनेरेसन यो कुरामा बिहेसम्म पर्खेर बस्छन् भन्ने लाग्दैन । यसो गरे धेरै कुरामा अनुभवी होइन्छ भन्ने जस्ता कुरा पनि अहिले आउने गरेका छन् । गाली नगरुन् । आफुलाई नराम्रो नजरले नहेरुन् भनेर धेरैले सेक्स बिबाह पछाडी राम्रो भन्नुहुन्छ । यो भन्नु पनि पर्छ । तर इच्छा भयो । आफुलाई कम्फटेवल छ भने बिबाह अगाडि पनि केही प्रोवलम हुन्छ भन्ने लाग्दैन । सेक्स नभन्ने कुरा हो । बिबाह अगाडि गरियो भने लुकाउदा त भैहाल्छ नि । भनिराख्नु जरुरी पनि छैन ।

छोटा पहिरनमै रुची

म सारै अल्छि छु । बिहानभर सुत्छु । त्यसैले फिटनेश–सिटनेश केही गर्दिन । यसको बारेमा थाहा पनि छैन । मेकअफमा रुचि छ । समय पनि लाग्छ नि । बाहिर कतै जानु छ भने पुरै रेडि हुन दुई देखि तिन घन्टा लाग्छ । किनभने मेकअप गर्दै ऐना हेर्दै गर्छु म । हेर्दा राम्रो भएन भने फेरी पुरै पुछेर फेरी गर्छु । कपडा पनि त्यस्तै हो । म तयार हुँदा मैले छान्दै फाल्दै गरेको कपडा कोठा भरी हुन्छ । एकपटक बाहिर निस्कदा कम्तिमा पनि १० जोर पहिरन लगाउदै फुकाल्दै गर्छु । प्राय: सेक्सी देखिने छोटा पहिरन नै मलाई मनपर्छ । लगाउन रुचि पनि यसमै छ ।

हजार मागे कसैले दिएनन्

घरबाट बाहिर हिड्दा म कन्डिसन हेरेर पैसा बोक्ने गरेकी छु । अर्काको पार्टीमा जानु छ भने त्यस्तै चार पाँच हजार मात्र बोक्छु ।

नत्र १५ हजार भन्दा माथी बोक्ने गरेकी छु । बाँहिर हिडेपछि के पर्छपर्छ । एक पटकको घटना मनमा ताजै छ । के कामले बाहिर निस्किएकी थिए । पर्स बोक्न बिर्सिए छु मैले । त्यतिबेला मलाई हजार रुपैयाको आवश्यकता परेको थियो । धेरै जनासँग मागे तर कसैले दिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप