बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हिमपहिरोमा परी कम्तीमा सातको मृत्यु

सोमबार, १७ माघ २०७३, १७ : ४६
सोमबार, १७ माघ २०७३
ताजिकिस्तान,  । मध्य एसियाली राष्ट्र ताजिकिस्तानको पहाडी इलाकामा शृङ्खलाबद्ध रुपमा गएको हिमपहिरोमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको अधिकारीले सोमबार जानकारी दिएका छन् । ताजिकिस्तानको राजधानी डुशान्बे र खुजान्द सरहको जोड्ने राजमार्गमा गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको सङ्कटकालीन सेवा समितिले जानकारी दिएको छ । त्यसैगरी देशको पूर्वी भागमा पर्ने दुर्गम इलाका पामिर क्षेत्रमा गएको हिमपहिरोमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । उद्धारकार्य जारी रहेको तर हताहत व्यक्तिको सङ्ख्या लगातार बढी रहेको बताइएको छ । सङ्कटकालीन सेवा समितिका प्रवक्ताले एएफपी समाचार समितिलाई जनाए अनुसार सो इलाकाबाट करिब ८ सय व्यक्तिलाई सारेर सुरक्षित स्थानमा लगिएको छ । ताजिकिस्तानको पूर्वी भागमा पर्ने इलाकामा सन् २०१५ को फेब्रुअरीमा गएको हिमपहिरोमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप