बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ने.वि.संघका नेता अखिल क्रान्तिकारीमा

सोमबार, १७ माघ २०७३, १८ : ३७
सोमबार, १७ माघ २०७३
गुल्मी – नेपाली काङग्रेस क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधी तथा श्रीङगेश्वर वहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघका नेता ज्ञानेन्द्र बहादुर वि.क अनेरास्ववियू (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । स्ववियू चुनाको प्रचार प्रसार चलिरहेको बेला विक क्रान्तिकारीमा प्रवेश गरेका हुन् । उनीसहित उक्त क्याम्पसका एक दर्जन विद्यार्थीहरु अखिल क्रान्तिकारीमा प्रवेश गरेको क्रान्तिकारीका केन्द्रिय सदस्य तथा प्रदेश न. ५ का सहसंयोजक यदु ज्ञवालीले बताएका छन् । ज्ञवालीले नेता वि.क.सहितका नवप्रवेशी लाई फुल माला तथा अविर लगाएर संगठनमा प्रवेश गराएका थिए । संगठनमा प्रवेशपछि कार्यक्रममा वोल्दै नेता वि.क ले गरिव, दलित तथा उत्पिडित वर्गका लागी लड्ने पार्टी माओवादी (केन्द्र) र विद्यार्थीहरुका लागी अग्रणी स्थानमा रहि नेतृत्व गर्ने संगठन अखिल (क्रान्तिकारी) मात्र भएकोले आफु अखिल क्रान्तिकारीमा प्रवेश गरेको वताएका छन् । स्ववियू चुनावका लागि अखिल क्रान्तिकारीले विद्यार्थी जागरण अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत श्रृङगेश्वर वहुमुखी क्याम्पसमा संगठन विस्तार तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रदेश नं. ५ का सहसंयोजक यदु ज्ञवालीले प्रशिक्षण कार्यक्रममा वोल्दै गरिव तथा सर्वहारा विद्यार्थीका हक हित र अधिकारका लागी सबैलाई अखिल क्रान्तिकारीमा गोलवन्द हुन आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप