बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारी जग्गा आफ्नो नाममा बनाउने जेल चलान

सोमबार, १७ माघ २०७३, १८ : ४४
सोमबार, १७ माघ २०७३

काठमाडौं– काठमाडौंको बालुवा गाविसमा रहेको सरकारी जग्गा आफ्नो नाममा बनाएर मोठ श्रेस्तामा समेत नाम सच्याएर विक्री गर्न खोज्ने कृष्ण बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

२०६७ सालमा बालुवा गाविस–८ (ख) स्थित नेपाल सरकारको स्वामित्वमा रहेको कित्ता नम्बर ५२ को ३ रोपनी तिन आना र कित्ता नम्बर १०६ को ८ रोपनी ४ आना जग्गा मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा कृष्ण बहादुरले आफ्नो नाममा नामसारी गरेर विक्रीका लागी बैना समेत लिएका थिए ।

सरकारी मुल्यांकन अनुसार ४० लाख बिस हजार मुल्यको सो जग्गाको किर्ते जग्गाधनी प्रमाण पत्र खडा गरेर मोठ श्रेस्ता समेत सच्याएका कृष्ण बहादुरले डबल गुरुङसँग २५ लाख बैना समेत लिएर बेच्न खोजेका थिए ।

सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतले कृष्ण बहादुरलाई २०६८ पुसमा ४ बर्ष कैद तथा ४० लाख बिस हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछी फरार रहेका उनलाई गत शनिवार केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर सोमबार अदालतमा हाजिर गराएको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशले कृष्ण बहादुरलाई कैद भुक्तानका लागी केन्द्रिय कारागार सुन्धारा चलान गरिएको ब्युरोले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप