बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारी संस्थानलाई भर्तीकेन्द्र बनाउन हुँदैन : सञ्चारमन्त्री

सोमबार, १७ माघ २०७३, ०८ : ४१
सोमबार, १७ माघ २०७३
काठमाडौँ - सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारी संस्थानको प्रभावकारी सञ्चालनका लागि राजनीतिक दलगत भर्तीकेन्द्र हुन नहुने बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)का विभिन्न कर्मचारी युनियनको मागपत्र बुझ्दै उनले भने – “सरकारी संस्थानमा आफ्ना मान्छे नभई अनुभवी र दक्ष मान्छे नियुक्ति हुनसकेमा मात्र ती निकाय राम्रोसँग सञ्चालन हुनसक्छ ।” सो अवसरमा ती कर्मचारी युनियनले राससमा रिक्त महाप्रबन्धक नियुक्ति गर्दा संस्थाभित्रकै ज्येष्ठताका आधारमा वरिष्ठतम् अधिकारीलाई जिम्मेवारी दिने परम्परालाई कायम राख्न माग गरेका छन् । सो मागबारे मन्त्री कार्कीले तोकिएको कानुनी मापदण्डका आधारमा अनुभवी र संस्था चलाउन सक्ने दक्ष व्यक्तिलाई नियुक्ति गर्न आफ्नो प्रयास हुने बताए । रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछाने, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले राससमा कार्यरत कर्मचारीको हस्ताक्षरसहितको मागपत्र मन्त्री कार्कीलाई बुझाए । राससमा यही माघ ७ गतेदेखि महाप्रबन्धक पद रिक्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप