बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुनर्निर्माणमा प्राधिकरणले सेना परिचालन गर्ने (भिडियो)

मङ्गलबार, १८ माघ २०७३, १५ : ३०
मङ्गलबार, १८ माघ २०७३

 काठमाडौं - राष्ट्रिय पुनर्निमाण प्राधिकरणले व्यक्तिका नीजिी आवास निमार्णका लागि तालिम दिन नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ । यसका लाग नेपाली सेना र सशस्त्र प्रहरीसँग कुरा भइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले जानकारी दिए ।

अनुदान दिएको रकमबाट भूकम्प प्रतिरोधी घर निमार्णका लागि स्थानीय डकर्मीलाई दक्ष बनाउन प्राधिकरणले यो कार्यक्रम अघि सारेको हो ।

सशस्त्र र सेनाका प्राविधिक जनशक्तिलाई भूकम्प सम्बन्धी एकहप्ताको अभिमुखीकरण तालिम दिएर भूकम्प अतिप्रभावित जिल्लामा माघको अन्तिम साताभित्र खटाउने तयारी भएको हो । पोखरेलले भने, ‘सेना प्रहरी भनेर कम्ब्याक्ट ड्रेस र हतियार बोकेका हैनन्, घर बनाउने तालिम प्राप्त प्राविधिक सुरक्षाकर्मीलाई खटाउन लागिएको हो ।’

सेना प्रहरीबाट तालिम प्राप्त डकर्मी तथा सिकर्मीले ब्यक्तिका निजी आवास बनाउने प्राधिकरणले जनाएको छ ।

भूकम्प अतिप्रभावित जिल्लामा नेपाली सेनाबाट २ सय जनाको टोली खटाउने सहमति भइसकेको छ भने सशस्त्र प्रहरीबाट कति संख्यामा पठाउने भन्नेबारे निर्णय आँउन बाँकी रहेको कार्यकारी अधिकृत पोखरेलले बताए । बुधबारदेखि २ सय सेना प्राधिकरणको अभिमुखीकरण तालिममा सहभागी हुँदैछन् ।

उनीहरुले भूकम्प प्रभावित गाविसमा पूराना डकर्मीलाई कम्तीमा एक हप्ता तालिम दिनेछन् भने नयाँ डकर्मीलाई ५० दिनको तालिम दिने योजना बनेको छ । माघ २५ गतेबाट तालिम दिनेगरी शहरी विकास मन्त्रालयले तयारी गरेको जनाएको छ तालिमपछि उनीहरु भूकम्प अतिप्रभावित क्षेत्रहरुमा तालिमका लागि खटिनेछन् ।

भूकम्प प्रभावितका घर निमार्णका लागि कम्तिामा पनि ६० हजार तालिम प्राप्त जनशक्ति चाहिने प्राधिकरणको अनुमान छ ।

प्राधिकरण प्रमुख पोखरेलले भने, ‘यसअघि २१ हजार पूराना र ५ हजार नयाँ डकर्मीलाई तालिम दिएको रहेछ, त्यतिले हामीलाई पुग्दैन । तालिम लिएका आधा भन्दा बढीले काम छोड्छन् । हामीलाई ६० हजार डकर्मी चाहिन्छ भने १ लाख ५० हजारलाई तालिम दिनुपर्छ ।’

उनले पोहोर सर्भे शूरु गरेसँगै ब्यापक रुपमा तालिम कार्यक्रम पनि शुरु गरेको भए यतिबेला घर छिटो बन्ने उनले बताए ।

दोश्रो किस्ताका लागि जिल्लामा पैसा पुग्यो

घर निमार्णको मापदण्ड पूरा गरेका प्रभावितहरुलाई पैसाको समस्या नपरोस भनेर जिल्ला जिल्लामा पैसा पुगिसकेको पोखरेलले बताए । उनले भने–‘पहिलो किस्ताको रकम बुझेकाहरुले मापदण्ड पूरा गरेर जग हालेका छन् भने अब दोश्रो किस्ताको रकम लिन उनीहरुलाई समस्या पर्दैन, जिल्लाका खाताहरुमा पैसा पुगिसकेको छ ।’

अतिप्रभावित १४ जिल्लामा दोश्रो किस्ताका लागि अर्थमन्त्रालयले यसअघि नै ११ अर्व ७५ करोड ५० लाख रुपैयाँ बितरणको अख्तियारी दिइसकेको छ ।

अव मापदण्ड पूरा गरेर घर निमार्ण गरिसकेका भूकम्प प्रभावितहरुले पनि दोश्रो किस्ताको रकम पाँउने भएका छन् ।

प्राविधिक जनचेतनाका लागि इन्जिनियर विद्यार्थी गाँउ जाने

प्राधिकरणले प्रभावितलाई घर बनाँउदा क्रममा भुकम्प प्रतिरोधी बनाँउन जनचेतना जगाउने छन् । यसका लागि विभिन्न विश्वविद्यालयका इन्जिनियरिङ संस्थानका विद्यार्थीलाई परिचालन गर्ने योजना बनाइएको छ ।

यसका लागि पोखरा विश्वविद्यालयले १ हजार इन्जिनियरका विद्यार्थी पठाँउन सहमति जनाइसकेको छ भने अन्य विश्वविद्यालयसँग पनि छलफल भइरहेको पोखरेलले बताए ।

राष्ट्रिय स्वंयसेवक कार्यक्रमको मापदण्ड अनुसार स्वंयसेवक विद्यार्थीले भक्ता समेत पाँउनेछन् । उनीहहरुले १ महिनासम्म गाँउ गाँउमा गएर भूकम्प प्रतिरोधी घर बनाँउन प्राविधिक जनचेतना दिनेछन् । इन्जििनियर विद्यार्थीहरुलाई आँउदो माघ २३ गतेदेखि एक हप्तासम्म अभिमुखीकरण तालिम दिइने भएको छ ।

हालसम्म ११ जिल्लामा अनुदान सम्झौता गरेका ९६ प्रतिशत प्रभावितले पहिलो किस्ताको अनुदान पाएको प्राधिकरणले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप