बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मलेरियाको ओषधिले काम गर्न छाड्यो, औषधि प्रतिरोधी बन्दै प्यारासाइट

मङ्गलबार, १८ माघ २०७३, १७ : ००
मङ्गलबार, १८ माघ २०७३

लण्डन – बेलायतमा मलेरियाको उपचार गरिरहेका विरामीहरुमा पहिलोपटक असफल भएको छ ।

अफ्रिका पुगेर आएका चार जना बिरामीहरु औषधिको संमिश्रणले निको पार्न नसकेको हो । मलेरियाका प्यरासाइटले औषधिलाई प्रतिरोध गर्ने संकेत देखाउन थालेका छन् ।

तर, लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसनको एक टोलीले अहिले नै अत्ताली हाल्नुपर्ने स्थिति नभएको बताएका छन् ।

सँगसँगै, स्थिति बिग्रन सक्ने बताउँदै अफ्रिकामा औषधिको प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने माग गरेको छ ।

मलेरिया प्यारासाइट यसबाट ग्रसित लामखुट्टेले टोकेपछि फैलिने गरेका छन् ।

अफ्रिकामा यस रोगबाट वार्षिकरुपमा धेरै जनाले ज्यान गुमाउने गरेका छन् । हरेक दुई मिनेटमा ५ वर्षमूनिमा एक बालकले यो रोगको कारणले ज्यान गुमाउने गरेका छन् ।

बेलायतमा मात्र अफ्रिका पुगेर आएका १५ सय देखि २ हजार मानिसहरु यो रोगबाट ग्रसित हुने गरेका छन् । प्रायः सबैलाई आर्टमेथर–लुमेफानट्राइनको संमिश्रण दिइने गरिन्छ ।

तर, एन्टी माइक्रोबायल एजेन्टस एण्ड केमोथारिपी नामक जर्नलमा अक्टोबर २०१५ देखि फेब्रुअरी २०१६ सम्ममा चार जना बिरामीको उपचार असफल भएको जनाएको छ ।

शुरुमा उनीहरु थेरापीबाट ठीक भएर घर फर्किए पनि एक महिनापछि रोग पुनः बल्झिएर अस्पताल भर्ना भएका थिए ।

मलेरियाको प्यारासाइटलाई लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसनको मलेरिया रिफरेन्स ल्याबोरेटरीमा परिक्षण गरिउको थियो ।

डा. कोलिन सथरल्याण्डका अनुसार प्यारासाइटको विस्तृत अध्ययन पछि उनीहरुले औषधिलाई प्रतिरोध गरिरहेको देखिएको थियो ।

‘केही त पक्कै पनि परिवर्तन भइरहेका छन् । तर, अहिले नै अत्तालिहाल्नुपर्ने वा संकट आएको स्थिति होइन,’ उनले भने ।

‘यो प्रारम्भिक संकेत हो तर कतै यो ठूलो समस्याको रुपमा त बढीरहेको त छैन भनेर यसलाई गम्भिर रुप लिनुपर्ने आवश्यकता रहेको छ,’ डा. सथरल्याण्डले भने ।

चारमध्ये दुई जना युगान्डा र एक जना अंगोला र लाइबेरियाबाट आएका थिए । यसले औषधिको प्रतिरोध गर्ने मलेरिया पूरै महादेश भरि फैलिउको अनुमान गरिएको छ ।

पछिल्लो समय मलेसियाका प्यारासाइटहरुले आफूलाई औषधि प्रतिरोधीको रुपमा विकास गर्दै गइरहेको पाइएको छ । यसअघि दक्षिण पूर्वी एसियामा यस्तै समस्या देखिएको अन्तर्राष्ट्रिय रुपमा चाँसोको विषय बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप