बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अखिलले देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा फहरायो

मङ्गलबार, १८ माघ २०७३, १७ : ०९
मङ्गलबार, १८ माघ २०७३

काठमाडौँ - अनेरास्ववियुले आज देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराएको छ ।

स्ववियु निर्वाचनलाई राष्ट्रियतासँग जोड्न देशभरिका क्याम्पसमा राष्ट्रिय झन्डा गाडेर फहराइएको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले जानकारी गराए ।

उनका अनुसार उपत्यकाका प्रमुख क्याम्पससहित देशभरिका क्याम्पसमा झन्डा गाडेको हो ।

उनले अहिले देशमा विखण्डनकारी सल्बलाइरहेकाले विद्यार्थीलाई राष्ट्रिय भावनामा जागृत गराई विद्यार्थीलाई राष्ट्रियताप्रति ऐक्यबद्ध बनाउन क्याम्पसमा झन्डा फहराइएको बताए ।

यसैबीच, झन्डा गाड्ने विषयमा सरस्वती क्याम्पस लैनचौरमा झडप भएको छ । झन्डा गाड्ने विषयमा अखिलका क्याम्पस एकाई अध्यक्ष शङ्कर गौतमलाई अखिल क्रान्तिकारीले कुटपिट गरेको सचिव पराजुलीले जानकारी गराए ।

अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले कुटपिटमा आफ्नो सङगठनको संलग्नता नभएको स्पष्ट पारेका छन् । “पढाइरहेको बेला कक्षा कक्षामा गएर उहाँहरुले झन्डा गाड्ने कार्यक्रममा सहभागी हुनुहोस् भनेर उर्दी जारी गर्नुभयो,” उनले भने – “त्यसैक्रममा पढिरहेका विद्यार्थीले प्रतिवाद गर्दा झडप भएको हो ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप