बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

उपभोक्ताका अधिकारमाथि खेलवाड भएको गुनासो

मङ्गलबार, १८ माघ २०७३, ०६ : ४१
मङ्गलबार, १८ माघ २०७३

पोखरा–उपभोक्ता अधिकारकर्मीहरुले उपभोक्ता अधिकारमाथि खेलेवाड भइरहेको बताएका छन् । उपभोक्ता मञ्च नेपालले मंगलवार पोखरामा गरेको उपभोक्ता सचेतना गोष्ठीमा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् ।

वजारमा कालोवजारी, मिसावट र तौल ठगी हुँदा समेत प्रशासनले चासो नदिएको उनीहरुको गुनासो छ । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै आपूर्र्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले विभागले काठमाण्डौ लगायत विभिन्न स्थानमा गरेको अनुगमनमा वजारमा राखिएका खाद्य पदार्थमा अखाद्य तत्तव मिसिएको पाईएको बताए ।

मञ्चका महासचिव सत्रुघनप्रसाद देवले उपभोक्ताहरु सचेत वनाउने पहल थाल्नुपर्ने वताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले वजार अनुगमन नियमित रुपमा भएपनि प्रभावकारी नभएको स्वीकार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप