बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दुई न्यायाधीशलाई शपथ

मङ्गलबार, १८ माघ २०७३, १७ : ४६
मङ्गलबार, १८ माघ २०७३

काठमाडौँ - प्रधानन्यायाधीश सुशीला कार्कीले सर्वोच्च अदालतमा न्यायाधीशमा सिफारिस दुई न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । सो समारोहमा उपराष्ट्रपति, सर्वोच्च अदालतका न्यायाधीशहरु, संवैधानिक अं्गका प्रमुखहरु र नेपाल सरकार मुख्य सचिव उपस्थित थिए । न्यायपरिषद्ले उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको थियो । न्यायाधीशद्वयको नाम सोमबार संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप