बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सरकारद्वारा कुटनीतिक ब्रिफिङ निकायका प्रमुख र राजदूतलाई ब्रिफिङ

मङ्गलबार, १८ माघ २०७३, १७ : ५१
मङ्गलबार, १८ माघ २०७३

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका गतिविधिबारे नेपालमा रहेका विभिन्न कुटनीतिक निकायका प्रमुख र राजदुतहरुलाई ब्रिफिङ गरेको छ ।

सरकार गठन भएको ६ महिना पूरा हुन लाग्दा सरकारले आफूले गरेका गतिविधि बारे कुटनीतिक निकायलाई जानकारी गराएको हो ।

परराष्ट्र मन्त्रालयमा मंगलबार भएको कार्यक्रममा परराष्ट्रमन्त्री डाक्टर प्रकाशशरण महतले नेपालको संविधान संसोधन प्रक्रिया र निर्वाचनको तयारीका बारेमा जानकारी गराएका थिए ।

यसैगरी स्थानिय निकायको निर्वाचनको तयारी, भूकम्पपछिको पुननिर्माणका क्रममा भएका कामहरुबारे पनि राजदुतहरुलाई जानकारी दिइएको थियो । त्यस अवसरमा परराष्ट्र मन्त्री महतले संविधानको स्वीकार्यता बढाउन सबै पक्षलाई समेटेर संविधान संसोधन गरेर निर्वाचन गर्ने पक्षमा सरकार रहेको पनि स्पष्ट पारे । मन्त्री महतले सरकारले मधेसी मोर्चाका माग सम्बोधन गरेर संविधान संसोधन गरी चाँडै नै निर्वाचनको मिति घोषणा गर्ने पनि बताए ।

छलफलमा नेपालमा विकास बजेट खर्च हुन नसकेको बारेमा दातृ निकायका प्रतिनिधिहरुले चासो लिएका थिए । उनीहरुले भूकम्पपछिको पुनर्निर्माणको काम अपेक्षा अनुसार अघि बढन नसकेकाले बजेट पूर्ण रुपमा नेपाल आउन नसकेकोमो स्पष्टिकरण पनि दिएका थिए । मन्त्री महतले संक्रमणकालीन अवस्थामा रहेको र लामो समयदेखि स्थानिय निकायको निर्वाचन हुन नसकेकाले विकास बजेट अपेक्षा अनुसार खर्च हुन नसकेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप