बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्यान इन्फोटेक सम्पन्न

मङ्गलबार, १८ माघ २०७३, १८ : ४०
मङ्गलबार, १८ माघ २०७३

काठमाडौँ – सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०१७’ सकिएको छ । काठमाडौंको भृकुटीमण्डपमा यही माघ १३ गतेदेखि शुरु भएको क्यानको २३ औं संस्करणको प्रर्दशनी मंगलबार सकिएको हो ।

कम्प्युटर एसोसिएसन आफ नेपाल (क्यान) को आयोजनामा हरेक वर्ष हुने मेलामा विभिन्न कम्पनीका नयाँ उत्पादन, सेवा, विश्वमा प्रचलित नयाँ नयाँ प्रविधि र उपभोक्ता योजना सार्वजनिक गरीएको थियो ।

मेला आयोजकले अपेक्षा भन्दा बढी अवलोकनकर्ताले भ्रमण गरेको जनाएको छ ।

मेलामा नयाँ प्रविधि, विश्व बजारमा आएका प्रविधिहरुको नयाँ संस्करणको बारेमा अवलोकनकर्ताले अत्याधिक रुची देखाएको क्यानका अध्यक्ष इन्जिनियर बिनोद ढकालले जानकारी दिए । उनले प्रविधि मानिसको दैनिक जीवनको अभिन्न अंग भइसकेकाले मेलामा सबै वर्गका मानिसको रुची र उल्लेख्य सहभागीता भएको बताए।

प्रर्दशनीमा कम्प्युटर हार्डवेयर, सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन, मोबाइल एसोसरिज, डिलर डिस्ट्रिव्युसन र इन्टरनेट सेवा प्रदायकहरु सहभागी थिए ।

यस्तै डिजिटल टिभी, उच्च क्षमता भएका इन्टरनेट सेवा प्रदायक र सामसुङका सुविधा सम्पन्न आधुनिक मोबाइल सेटहरु अवलोकनकर्ताहरुको मुख्य आकर्षणको केन्द्र रहेको आयोजकले जनाएको छ । मेलामा चार लाख अवलोकनकर्ता सहभागि भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप