बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मलेसियामा एक नेपालीको मृत्यु

मङ्गलबार, १८ माघ २०७३, १८ : ४६
मङ्गलबार, १८ माघ २०७३
राजविराज - वैदेशिक रोजगारीका लागि मलेसिया गएका एक व्यक्तिको सडक दुर्घटनामा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको देउरी भरुवा–३ निवासी प्रवीन झा रहेको बताइएको छ । ट्रान्सवल्र्ड म्यानपावरमार्फत मलेसियाको टामन्डियाको इृलेन्ट्रोनिक्स् आटा कम्पनीमा कार्यरत झा काम सकेर डेरातर्फ जानेक्रममा बसले ठक्कर दिँदा उनको दुई दिन अगाडि मृत्यु भएको थियो । मृतकको शव नेपाल ल्याउन सम्बन्धित निकायलाई आग्रह गरिएको उनका परिवारका सदस्यले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप