बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चोरी गरिएका मोटरसाइकलसहित भारतीय ललितपुरबाट पक्राउ

मङ्गलबार, १८ माघ २०७३, १० : ०२
मङ्गलबार, १८ माघ २०७३
ललितपुर – ललितपुर मनिखेल–८ बस्ने २४ बर्षीय राजु स्याङ्गतान र भारत मोतिहारी घर भई काठमाडौं बल्खु बस्ने २० बर्षीय राघवकुमार रजक वैठालाई चोरी गरिएका मोटरसाइकल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । ललितपुर उपमहानगरपालिका–४जावलाखेलमा चेकजाँच गर्नेे क्रममा राघव कुमार वैठा पछाडी सवार रही राजु स्याङ्गतानले चलाएको बा.७८ प ४३२१ नम्वरको मोटरसाईकलको कागजात माग गर्दा देखाउन नसकेकोले शंका लागी सोधपुछ गर्दा उक्त मोटरसाईकल काठमाडौ कपनबाट बा.७४ प ७५८३ नम्वरको मोटरसाईकल चोरी गरी बा. ७८ प ४३२१ नम्वरको नम्बरप्लेटमा परिवर्तन गरी चलाएको पाईएकोले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धानको गर्दा विभिन्न समय र स्थानबाट चोरी गरी नम्बर प्लेट परिवर्तन गरेको अन्य ४ वटा मोटरसाइकल समेत बरामद गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप