बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

त्रिविमा भर्ना खोल्नुपर्ने माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र

मङ्गलबार, १८ माघ २०७३, १९ : १६
मङ्गलबार, १८ माघ २०७३

काठमाडौँ - शैक्षिक क्यालेन्डरअनुसार स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना खुलाउन माग गदै नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियुले आज संयुक्त रुपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थ खनियाँलाई ज्ञापनपत्र बुझाएको छ ।

त्रिवि शैक्षिक क्यालेन्डरअनुसार माघमा खोल्नुपर्ने स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्ना हालसम्म नखोलेकाले भर्ना खोल्न माग गर्दै सो ज्ञापनपत्र बुझाइएको अनेरास्ववियुका सचिवालय सदस्य माधव पन्तले जानकारी दिए ।

त्रिविले स्ववियु निर्वाचनका लागि यहि माघ १५ गतेदेखि त्रिविअन्तर्गतका सबै क्याम्पसको स्नातक र स्नातकोत्तर तह प्रथम वर्षको भर्नामा रोक लगाएको छ ।

ज्ञापनपत्र बुझ्दै उपकुलपति खनियाँले विद्यार्थी सङ्गठनका केन्द्रीय नेताहरुसँग छलफल गरेर यस सम्बन्धी आवश्यक निर्णय लिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप