बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रम्पको नयाँ विधेयकले भारतको आइटी क्षेत्रमा आतंक

बुधबार, १९ माघ २०७३, ०९ : ५६
बुधबार, १९ माघ २०७३

ह्वाइट हाउस – दक्ष कामदारहरुलाई रोक्न ल्याउने भनिएको नयाँ अमेरिकी विधेयकप्रति भारतले गम्भिर चाँसो देखाएको छ । यसले देशको सूचना र प्रविधिको क्षेत्रमा गम्भिर असर पर्ने भन्दै भारतले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अमेरिकी संसद्मा प्रस्तुत गरिएको नयाँ विधेयकमा एच–वानबी भिसा भएकाहरुले कम्तिमा १ लाख ३० हजार डलर कमाउनुपर्ने उल्लेख छ । यसअघि उनीहरुले ६० हजार डलर कमाए पुग्ने थियो ।

एच वानबी भिसा भनेको नन–इमिग्रेन्ट भिसा हो, जसमा अमेरिकी कम्पनीहरुले सूचना र प्रविधि, वित्त, इन्जिनियरिङ विज्ञान, औषधिलगात क्षेत्रमा दक्ष कामदारहरु भर्ती गर्न पाउँछन् ।

भारतीयहरुले करिब ८५ प्रतिशत एच–वानबी भिसा पाउने गरेका छन् । यसमध्ये धेरे सूचना र प्रविधि क्षेत्रका रहेका छन् ।

भारतीय विदेश मन्त्रालयले यसबारे अमेरिकालाई ध्यानाकर्षण गरेको जनाएको छ ।

‘भारतीय चाँसो अमेरिकी प्रशासन र संसद्को शीर्ष तहमा राखिएको छ,’ मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ ।

भारतीय मिडियाले यसलाई सूचना प्रविधि क्षेत्रमा ठूलो झड्का भएको बताएको छ ।

नयाँ विधेयक यो भिसा कोटामा विदेशी कामदार भर्ती गर्ने कम्पनीहरुलाई लक्षित गरी ल्याइएको छ ।

भारतका सूचना तथा प्रविधि विभागका एक वरिष्ठ अधिकारीले नयाँ विधेयक निराशजनक भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप