बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एमएडब्लुले ल्यायो ‘नयाँ स्कोडा र्‍यापिड’

बुधबार, १९ माघ २०७३, ११ : २२
बुधबार, १९ माघ २०७३

काठमाडौ– नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित स्कोडा र्‍यापिडको फेसलिफ्टलाई नेपाली बजारमा भित्र्याएको छ ।

नयाँ क्रिस्टलाइन डिजाइन ल्यांगवेजमा तयार गरिएको र्‍यापिडको पफर्मेन्स परिस्कृत रहेको बताइएको छ । नेपालमा स्कोडा र्‍यापिड १६ सय सीसीको पेट्रोल इन्जिन र १५ सय सीसीको डिजेल इन्जिनमा उपलब्ध एमएडब्लुले जनाएको छ ।

६ वटा एक्साइटिंग कलर (ब्रिलियन्ट सिल्भर, क्यान्डी ह्वाइट, क्यापिचिनो बिग, कार्बन स्टिल, सिल्क ब्लु र फ्ल्यास रेड)मा उपलब्ध हुने नयाँ स्कोडा र्‍यापिड तीन भेरियन्टः एक्टिभ, एम्बिसन र स्टाइलमा नेपालभरिका स्कोडाका आधिकारिक शोरुमहरुमा उपलब्ध हुने छ ।

‘नयाँ स्कोडा र्‍यापिडले नेपाली सेडानप्रेमीहरुको अपेक्षालाई पुर्ति गर्नेछ,’काठमाडौंमा आयोजित विशेष समारोहमा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालले भने ‘सेडान सेग्मेन्टमा हामी मार्केट लिडर हौं । नयाँ स्कोडा र्‍यापिडले गर्दा यो सेग्मेन्टमा हाम्रो लिडरसिपले निरन्तरता पाउनेमा हामी विश्वस्त छौं ।’

‘नयाँ स्कोडा र्‍यापिडफेमिली कार जुन सहरी यात्राका लागि कम्प्याक्ट छ र लामो यात्राका लागि आरामदायी र स्पेसियस छ,’ एमएडब्लुका प्रमुख महाप्रबन्धक सुरज मानन्धरले भने । परिस्कृत पफर्मेन्स, इमोसनल डिजाइन, क्लास लिडिंग सुरक्षा व्यवस्था र सिम्प्ली क्लेभर सोलुसन नयाँ र्‍यापिडका विशेषताहरु हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप