बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कार्यक्रमको पारिश्रमिक घटाउन मलाई अवार्ड अफर गरियो : अक्षय

बुधबार, १९ माघ २०७३, १२ : ०१
बुधबार, १९ माघ २०७३

मुम्बई – बलिउड अभिनेता अक्षय कुमारले चर्चित मानिएका धेरै अवार्डहरु जितेका छैनन्, तर उनी ‘फ्यानहरुबाट पाउने पुरस्कार’ बाट नै खुसी छन् ।

एक पटक अवार्ड कार्यक्रममा प्रस्तुती दिएबापत लिने पारिश्रमिक घटाए उनलाई अवार्ड दिने अफर गरिएको उनले खुलासा पनि गरेका छन् ।

‘कहिले काहीँ अवार्ड कार्यक्रमका आयोजकले मलाई फोन गर्छन् र भन्छन्, तपाइँले कार्यक्रममा प्रस्तुती दिनुपर्यो । हामी तपाइँलाई आधा पैसा र एउटा अवार्ड दिन्छौँ,’ अक्षयले भने, ‘म उनीहरुलाई तिमीहरु आफ्नो अवार्ड आफै राख र मलाई पूरा पैसा देउ भन्छु । मेरा फ्यानहरुले उनीहरुको माया र साथको पुरस्कार दिन कहिले रोकेका छैनन् । मलाई त्यति भए पुग्छ ।’

४९ वर्षीय अभिनेतालाई रजत शर्माले आप कि अदालतमा सोधेको प्रश्नमा जवाफ दिँदै उनले सो कुरा बताएका हुन् ।

अवार्ड नजित्ने कुराले आफूलाई कहिले असर नगरेको बताउँदै अक्षयले भने, ‘मलाई लाग्छ यो चिन्ता लिनुपर्ने विषय होइन । म अवार्डको लागि आफ्नो आत्मसम्मान गुमाउन चाहन्न । तर, कहिलेकाहीँ मेरी पत्नीले भने मलाई जिस्काउँछन्, मेरो आमाबुवा (राजेश खन्ना र डिम्पल कपाडिया) दुवै राष्ट्रिय पुरस्कार विजेता छन्, तिमी छैनौँ ।’

अक्षयले आफूलाई वलिउडमा कागको बथानमा बकुल्ला भएको पनि बताए । आफू कहिले ढिलोसम्म पार्टी नगर्ने र अरु समकक्षी जस्तो सजिले घुलमिल गर्न नसक्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप