बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बेलायतकी विद्रोही राजकुमारी : उभिँदै छिन् ट्रम्पको विरोधमा

बुधबार, १९ माघ २०७३, १४ : ०७
बुधबार, १९ माघ २०७३

लण्डन – कुनै पनि उनलाई बेलायती राजपरिवारको सबैभन्दा सुन्दर सदस्य भनेर घाषित गरिएको थियो । तर, के २१ वर्षीय अमिलिया विन्डसर सबैभन्दा विद्रोही सदस्य पनि हुन् ।

राजगद्दीको लाइनमा ३६ औँ स्थानमा रहेकी अमिलिया ड्युक अफ केन्टकी नातिनी हुन् ।

तर, यी राजकुमारी भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको सातवटा मुस्लिम बहुसंख्यक देशका आप्रवासीमाथिको प्रतिबन्ध र शरणार्थीहरुको कोटा घटाउने निर्णयको विरुद्ध उभिएकी छिन् ।

उनले आफ्नो इन्सटाग्राममा सप्तरंगी अक्षरमा लेखेकी छिन्, ‘ठूलो स्वरले भन, स्पष्ट स्वरमा भन, शरणार्थीहरुलाई यहाँ स्वगत छ ।’ तस्विरमा तीनवटा हातहरु उठिरहेको पनि देखाइएको छ ।

उनले लेखेकी छिन्, ‘यो संसारमा खराबमाथि राम्रोको जीत होस् ।’

ट्रम्पले कार्यकारी आदेश जारी गरेकै दिन उनले सो पोष्ट राखेकी थिइन् ।

प्रायः राजपरिवारहरु राजनीतिक मामिलामा बोल्ने गर्दैनन् । केही दिनअघि मात्र अमिलियाले आफ्नो इस्टाग्राम एकाउन्टलाई सार्वजनिक बनाउने घोषणा गरेकी थिइन् ।

‘म आफूले देख्ने सबै राम्रो र प्रेरणादायी कुराहरु विश्वसँग बाँड्न चाहन्छु,’ उनले भनेकी थिइन् ।

यता, बेलायतमा १७ लाख मानिसले ट्रम्पले गर्ने बेलायतको राजकीय भ्रमण रोक्ने हस्ताक्षर अभियानमा हस्ताक्षर गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप