बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

फेरि बच्चा पाउन नसक्ने भएपछि आमाले प्रेमीलाई १४ वर्षीया छोरीलाई गर्भवती बनाउन लगाइन्

बुधबार, १९ माघ २०७३, १५ : ३०
बुधबार, १९ माघ २०७३

लण्डन – अपरेसन गरेर परिवार नियोजन गरेकी एक महिलाले बच्चा पाउन आफ्नो प्रेमीलाई आफ्नो १४ वर्षीया छोरीलाई बलात्कार गर्न लगाएकी छिन् ।

आमाको प्रेमीले ती किशोरीको वर्षौँसम्म यौनशोषण गरेर गर्भवती बनाएको अदालतको दस्तावेजमा उल्लेख छ ।

छोरी गर्भवतीपछि ती जोडीले आफ्नो छोरी एउटा पार्टीको दौरान अन्य किशोरबाट गर्भवति भएको बताएका थिए । उनीहरुको नाम भने खुलाइएको छैन ।

बेलायतको रिडिङमा भएको यो घटनामा ती किशोरीमाथि १० वर्षको उमेरदेखि नै यौनशोषण शुरु भइसकेको थियो ।

आमाको प्रेमीले लगातार ती किशोरीको बलात्कार गरेको र पछि ती किशोरी गर्भवती भएर छोरालाई समेत जन्म दिएकी थिइन् । पीडितकी अमाले भने यो झुठलाई लुकाउन ती किशोरीका आमाले आफ्नै छोरीको पिता अन्य भएको बताएकी थिइन् ।

‘आमाले परिवार नियोजनको अपरेशन गरेको कारण बच्चा जन्माउन नसक्ने भएकी थिइन् । त्यही भएर उनी र उनको प्रेमीले छोरीबाट उनीहरुको लागि बच्चा बनाउने सोच बनाए,’ वकिलले अदालतलाई बताए ।

सन् १९७० तिर भएको यो घटनाका आरोपी पिता ७५ वर्षका भइसकेका छन् ।

पीडित महिलाका अनुसार आफू किशोरी हुँदा आमाको प्रेमीले उनलाई यौनशोषणा गर्दा प्रत्येक पटक ५ पाउण्ड दिनेको गरेको बताइन् ।

अदालतमा उजुरी पछि दुई वर्षअघि उनलाई पक्राउ गरिएको थियो ।

हाल अदालतमा यो विषयमा बहस जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप