बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिला गम्भीर घाइते

बुधबार, १९ माघ २०७३, १७ : ४७
बुधबार, १९ माघ २०७३

दाङ - घोराहीमा बुधबार ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिला गम्भीर घाइते भएका छन् । घाइते दुबै शिक्षिकाको थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

घोराही–६ निवासी ३० वर्षीया वसन्ता गौतम र सोही ठाउँ निवासी ३६ वर्षीया सिर्जना भट्ट सवार स्कुटीलाई ट्रकले ठक्कर दिएको थियो । घाइतेमध्ये गौतमलाई टाउकामा र भट्टलाई ढाडमा चोट लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिउका छन्।

दुवै जना जनज्योति बोर्डिङ स्कुलका शिक्षिका हुन् । सरस्वती पूजाका लागि जाँदै गर्दा उनीहरु सवार स्कुटीलाई ट्रकले ठक्कर दिएको थियो । भट्टले स्कुटी चलाएकी थिइन् । घाइतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौँको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार घोराही–१० दामोदर चोक नजिकै सब्जी मन्डीबाट तरकारी बोकेर जाँदै गरेको लु१ख ६८९३ नंको ट्रकले उनीहरु सवार रा२प ८९६३ नंको स्कुटीलाई मोडमा ठक्कर दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप