बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नेता आचार्य एक वर्षपछि संसद्मा

बुधबार, १९ माघ २०७३, १७ : ५०
बुधबार, १९ माघ २०७३

काठमाडौँ - स्वास्थ्यमा सुधार भएपछि नेपाली काँग्रेसका नेता नरहरि आचार्यले आज एक वर्षपछि व्यवस्थापिका–संसद्को बैठकमा भाग लिएका छन् ।

गत वर्षको पुस २६ गते सो पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जलि दिने क्रममा हृदयाघातका कारण अचेत भएका नेता आचार्य स्वास्थ्यमा सुधार आएपछि राजनीतिक गतिविधिमा संलग्न हुन थालेका हुन् ।

उनी गाडीबाट ओर्लिएपछि सहयोगीलाई हात समाउन लगाएर बैठक कक्षमा पुगेका थिए ।

हाल पक्षघातको उपचार गराइरहनु भएका सांसद आचार्यले बैठक कक्षबाट बाहिरिएपछि पत्रकारसँग विस्तारै सबै कामलाई निरन्तरता दिने बताए।

उनले आफू लेखपढ र विचार निर्माणमा अलि अगाडिदेखि लागे पनि चिकित्सकको परामर्शमा फिजियोथेरापीमै व्यस्त रहनुपर्ने भएकाले राजनीतिक गतिविधिमा आउन ढिलो भएको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप