बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

बुधबार, १९ माघ २०७३, १७ : ५६
बुधबार, १९ माघ २०७३

काठमाडौँ - व्यवस्थापिका– संसद्को आजको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले ‘स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३ सदन समक्ष पेस गरे ।

सो विधेयकमाथि संशोधनसहितको सुझाव प्रस्तुत गर्न सांसद आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा उपसमिति गठन गरी प्रतिवेदन तयार गरिएको सभापति घर्तीले जानकारी दिए ।

आजको बैठकमा शून्य र विशेष समय भएन भने अन्य कार्यसूची पनि समावेश थिएन । संसद्को अर्को बैठक यही माघ २० गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप