बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अस्थायी शिक्षकको रिले अनशन सुरु

बुधबार, १९ माघ २०७३, १७ : ५९
बुधबार, १९ माघ २०७३

काठमाडौँ, । अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति २०५५ ले आजदेखि केशरमहलस्थित नेपाल शिक्षक महासङ्घको कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन सुरु गरेको छ ।

अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउने माग सम्बोधनमा महासङ्घले चासो नदिएको भन्दै समितिले अनशन सुरु गरेको हो ।

आजको अनशनमा समितिका महासचिव महादेव भट्ट र केन्द्रीय सदस्य दानबहादुर थापामगरले भाग लिएका थिए । अनशन आरम्भ हुनुअघि समितिले महासङ्घका अध्यक्ष केशव निरौलालाई भेटी ध्यानाकर्षणपत्र बुझाएको र उनले राजनीतिक दल तथा सरकारका अधिकारीसँग अस्थायी शिक्षकका माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको समितिका केन्द्रीय सदस्य लक्ष्मीकुमार सत्यालले जानकारी दिए ।

समितिले स्थायी हुँदा अस्थायीको सेवावधि गणना गर्न, अवकाशप्राप्त अस्थायी शिक्षकलाई स्थायी सरहको औषधोपचार र उपदान दिन तथा स्वेच्छिक अवकाश लिन चाहनेलाई स्थायी सरहको सुविधा दिन पनि माग गर्दै आएको छ ।

हाल करिब २५ हजार अस्थायी सरकारी शिक्षक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप